छाैँडेमा आयुर्वेदिक पद्धतिबाट उपचार सेवा सुरु

इश्वर बिश्वकर्मा
चरिकोट, फागुन ८
पछिल्लो समय आयुर्वेद उपचार पद्धति प्रति नागरिकको मोह बढेको छ । आयुर्वेदिक औषधीले तुलनात्मक रुपमा ढिलो तर स्थायी रुपमा राहत दिने भएकोले पनि यो उपचार पद्धति निकै प्रभावकारी बनेको छ । कोरोना भाइरस संक्रमितले आयुर्वेद औषधीको सेवन गर्दा कोरोना विरुद्धको लडाईँ जितेको दाबी धेरैले गरेको बेला यसको प्रचारप्रसारलाई व्यापक बनाई विपन्न नागरिकलाई निशुल्क र सहज रुपमा यो सेवा उपलब्ध गराउनु सरकारको प्रमुख दायित्व हो । यहि दायित्व पुरा गर्ने उद्धेश्यका साथ दोलखाको तामाकोशी गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । शुक्रबार एक समारोहका बिच तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले सेवा केन्द्रको उद्धघाटन गरेका छन् । गाउँपालिका वडा नं. ३ स्थित छौँडेमा आयुर्वेद औषधी उपचार, योगाभ्यास लगायतको सेवा दिने गरी सञ्चालनमा ल्याइएको सेवा केन्द्रमा १ जना बैद्य र १ जना थेरापी सम्बन्धी प्राविधीकको व्यवस्था गरिएको छ । संघिय सरकारकाे सबै पालिकाहरुमा एकएक वटा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याउने निती अनुरुप तामाकोशी गाउँपालिकामा सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो । सेवा केन्द्रको कार्यालय भने स्वयम गाउँपालिकाले व्यवस्थापन गरेको स्वास्थ्य शाखा संयोजक अरुण कुमार मिश्रले बताए । बैद्य सहितको कर्मचारी भने संघिय सरकारले व्यवस्था गरेको हो । गाउँमै सेवा केन्द्र स्थापना भएपछि आयुर्वेद औषधी तथा उपचारको लागि सहज हुने भन्दै खुसी भएका छन् ।
“जानीनजानी विभिन्न रोग तथा समस्या निराकरणका लागि जटिुबुटीको प्रयोग गथ्र्याैँ । तर गाउँमै विभिन्न उपचारका साथै औषधी पाइने भएपछि त अब जटिबुटिका औषधी अन्य ठाउँमा खोज्न जान नपर्ने भयो । साँच्चिकै गाउँगाउँमा सिँह दरबारको अनुभूति गर्न पाइयो । खुसी लागेको छ । ” स्थानीयले भने । प्राचिन परम्परागत उपचार प्रणाली नेपाली समाजमा लोकप्रिय र ‘साइडइफेक्ट’ रहति उपचार प्रणालीको रुपमा रहँदै आएको र यो पद्धतिको संरक्षण सरकार लागि परेको हो । शुक्रबारै छाैँडेमा सामुदायिक स्वास्थ्य इकाइ पनि सञ्चालनमा ल्याइएकाे छ । केही समयपछि जिल्लाको विगु गाउँपालिकाको नं. ४ स्थित सिँगटी र शैलुङ गाउँपालिका वडा नं. ३ बाघखोरमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन गरिने जनाइएको छ । मंसिर २८ गते जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे र जिल्लाको ९ वटै स्थानीय सरकार प्रमुखको संयुक्त बैठकले नागरिक आरोग्य केन्द्र जिल्लाको ३ स्थानमा सञ्चालन गर्ने निर्णय गरेको थियो । स्थानीय नागरिकहरुले आयुर्वेदिक उपचार पद्धति र अन्य उपचार पद्धतिलाई पनि विषेश जोड दिएर सेवा सुविधा विस्तारको काम गरिनुपर्ने माग गरेका छन् ।

Shares

Be the first to comment on "छाैँडेमा आयुर्वेदिक पद्धतिबाट उपचार सेवा सुरु"

Leave a comment

Your email address will not be published.


*