छात्रावासको भवन निर्माण सम्पन्न

दीक्षण समाचार
चरिकोट, मंसिर २४
दोलखाको भीमेश्वर नगरपालिका–६ रामकोटमा आमाको माया छात्रावासको नयाँ भवन निर्माण सम्पन्न भएको छ । सात वर्षदेखि भाडाको घरमा सञ्चालन भइरहेको छात्रावासका लागि हिन्दू स्वयंसेवक संघ नेपालले नयाँ भवन निर्माण गरिएदिएको हो । १ करोड ७० लाख लागतमा निर्माण भएको सो भवन साँढे तीन तल्लाको रहेको छ ।
छात्रावासका अध्यक्ष कृष्ण बहादुर गौतमले शिलान्यास गरिएको एक वर्षमै भवन निर्माण सम्पन्न भएको बताउनु भयो । गरिब तथा अतिविपन्न परिवारका विद्यार्थीसहित ५० जनासम्म बस्न मिल्ने गरी छात्रावासको भवन निर्माण भएको उहाँको भनाई छ । छात्रावासमा गाँसबास, स्वास्थ्य उपचारको व्यवस्थाका साथै असल आचरण निर्माण तथा संस्कार र संस्कृतिको जगेर्नाको लागि शिक्षा दिइने छ ।
छात्रावासमा बसेर अध्ययन गर्ने विद्यार्थीलाई असल संस्कार दिई देश समृद्धिका लागि योगदान गर्न सक्ने योग्य नागरिक उत्पादन गर्ने छात्रावासको उद्धेश्य रहेको अध्यक्ष गौतमले बताउनु भयो । संस्कारसहितको शिक्षा दिने र स्वदेशमैँ सम्मानित र खुशी जीवन जिउन सिकाउने छात्रावास सञ्चालनको उद्धेश्य रहेको उहाँले जानकारी दिनु भयो ।

जनजाति कल्याण आश्रमले छात्रावास सञ्चालित सो छात्रावासमा चरिकोटका विभिन्न विद्यालयमा अध्ययन गर्ने १६ जना विद्यार्थी बसिरहेका छन् । सात वर्षदेखि पूरानो र जीर्ण भवनमा सञ्चालन भईरहेको छात्रावासको नयाँ र सुविधासम्पन्न भवन निर्माण भएपछि छात्रावासका प्रमुख गणेश कुमार प्रजाले खुशी व्यक्त गर्नु भयो ।

Shares

Be the first to comment on "छात्रावासको भवन निर्माण सम्पन्न"

Leave a comment

Your email address will not be published.


*