च्याउ खेती सम्बन्धी तालिम सञ्चालन

दीक्षण समाचार
चरिकोट, माघ १९
दोलखाको मेलुङ गाउँपालिका वडा नं. ७ मा च्याउ खेती सम्बन्धी २० दिने तालिम सञ्चालन गरिएको छ । पालिकाले पराम्परागत खेतीमा अल्झिएका किसानहरुलाई व्यवसायिक च्याउ खेतीमा आकर्षित गराउन माघ १२ गतेदेखि तालिम सञ्चालन गरेको हो ।
थोरै लगानी र कम मेहेनेतमा च्याउ खेतीबाट बढी आम्दानी गर्न सकिन्छ । तर आवश्यक सिप र ज्ञान अभावमा सो खेती तर्फ किसानहरुको आकर्षण बढ्न सकेको छैन । त्यसैले किसानहरुलाई च्याउ खेतीमा आकर्षण गराउन र उत्पादन बढाउन तालिम सञ्चालन गरिएको कृषि प्राविधिक झुपलाल केसीले बताउनु भयो ।
तालिममा १२ जनाको सहभागिता रहेको छ । उनीहरुलाई गाउँपालिकाका कृषि प्राविधिक केसीसहित विष्णु जिरेल र सिता मैनालीले प्रशिक्षण दिइरहनु भएको छ । सैद्धान्तिक र प्रयोगात्मक दुबै विधिबाट च्याउ उत्पादनको विषयमा तालिम सञ्चालन भइरहेको छ ।
स्वादिष्ट र पोषणयुक्त हुने च्याउको माग उच्च रहेको तर उत्पादन भने न्यून भएकोले किसानहरुलाई तालिम दिएर उत्पादन बढाउने उद्धेश्य राखिएको कृषि प्राविधिक केसीले बताउनु भयो । मोटोपन घटाउनुका साथै रोग प्रतिरोधी क्षमता बढाउने हुँदा च्याउको सेवन स्वास्थवद्र्धक रहेको उहाँले बताउनु भयो ।

Shares

Be the first to comment on "च्याउ खेती सम्बन्धी तालिम सञ्चालन"

Leave a comment

Your email address will not be published.


*