च्छो रोल्पा घुम्ने पर्यटकको संख्यामा बृद्धि

दोलखाको गौरीशंकर गाउँपालिकामा रहेको च्छोरोल्पा ताल तस्विर सौजन्यः शंकर पाठक

चरिकोट(दीस)ः दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर नौ मा रहेको प्रशिद्ध च्छोरोल्पा हिमतालमा घुम्न जानेको पर्यटकको संख्या बढेको छ । चालु आर्थिक वर्षमा वर्षा याम सकिएसँगै पर्यटकको संख्यामा उल्लेख्य बृद्धि भएको हो ।
वर्षाले बाटो क्षत विच्छेत पारेको भएता पनि सामान्य रुपमा बाटो मर्मत तथा ठाउँठाउँमा काठे साघु हालिएपछि अहिले रोल्वालिङ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चाप निक्कै बढेको गौरिशंकर गाउँपालिका वडा नम्बर नौ का वडाध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिनुभयो । पर्यटकको संख्या बढेसँगै रोल्वालिङ क्षेत्रका होटलहरुमा पर्यटकको चाप बढेको उहाँको भनाई रहेको छ । रोलवालिङ पदमार्ग हुँदै पर्यटकहरु च्छोरोल्पा ताल घुम्न जाने गरेका छन् ।

Shares

Be the first to comment on "च्छो रोल्पा घुम्ने पर्यटकको संख्यामा बृद्धि"

Leave a comment

Your email address will not be published.


*