चौलागाईँकाे निधनमा पार्टीको आधा झण्डा झुकाइने

चरिकोट  /नेकपा (एमाले) ले प्रदेशसभा सदस्य पशुपति चौलागाईँका निधनमा तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउन मातहत कमिटीलाई निर्देशन दिएको छ। उनको निधनमा केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयमा  शोकपुस्तिका पनि राखिने छ। एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार पार्टी केन्द्रीय कार्यालयको ढोकामा स्व चौलागाईको तस्वीरमा माल्यार्पण गरी नेताहरुले आज अन्तिम श्रद्धाञ्जलि दिएका छन्। साथै कार्यालयमा शोकपुस्तिकासमेत राखिएको छ।   पार्टी केन्द्रीय सदस्य चौलागाईँको मंगलबार कोरोना संक्रमणका कारण निधन भएको थियो। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। चौलागाईं दोलखा ‘ख’ बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। उनी २०५६ सालको निर्वाचनमा दोलखा १ बाट र  २०७० सालको संविधानसभा निर्वाचनमा  समानुपातिकबाट सांसद भएका थिए।विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहेका चौलागाईँ भद्र, निष्ठावान् र  इमान्दार नेता हुन्। चौलागाईँकोे जन्म २०२० फागुन ५ गते दोलखा जिल्लाको काभ्रे  गाउँमा भएको थियो। उनी हाल मध्यपुरथिमिमा बस्दै आएका थिए। पिता चन्द्रप्रसाद र आमा भक्तमायाको सन्तानका रुपमा जन्मिएका उनका श्रीमती, दुई छोरी र एक छोरा छन्।  उनले २०३४ साल कात्तिक (तत्कालीन माले) बाट राजनीतिक यात्रा शुरु गरेका थिए। उनले पटकपटक गरी ६ महिना बन्दी जीवन बिताएका थिए। विगतमा शिक्षण पेशाको अनुभवसमेत सँगालेका चौलागाईँले भारत, बंगलादेश, श्रीलंका, चीन, थाइल्याण्ड, भियतनाम, इण्डोनेशिया, बेलायत, अमेरिका, फ्रान्स, जर्मनीलगायत धेरै देशको भ्रमण गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनको निधनबाट शोक वक्तव्य जारी गरी पार्टीले एउटा असल र निष्ठावान् नेतालाई गुमाउन पुगेको जनाउँदै राजनीतिक योगदानलाई सदा पार्टीले सदा स्मरण गर्ने बताए।  पार्टीका नेता माधवकुमार नेपालले पनि शोक वक्तव्य जारी गरी उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएका छन्।सुचना प्रबिधी तथा सञ्चार मन्त्री पार्वत गुरुङले भने “शालिन, भद्र, बौद्धिक व्यक्तित्व, हामी सबैका अग्रज नेता, आदरणीय दाई पशुपति चौलागाईँको निधनले स्तब्ध बनाएको छ । ” त्यसैगरी नेकपा एमालेका बागमती प्रदेशका अध्यक्ष आनन्द प्रसाद पोखरेलले चौलागाईको निधनले पाटीले निष्ठावान नेता गुमाएको बताएका छन् । नेकपा एमाले दोलखाका अध्यक्ष ईस्वरचन्द्र पोखरेलले कम्युनिष्ट आन्दोलनमा सधै  भर स्मरण रहने बताए । अनेरास्ववियु दोलखाका संयोजक राज कुमार ढुङगेलले चौलागाईकाे निधनले सिगो कम्युनिष्ट आन्दोलनमा क्षति पुगेको बताए ।

Shares

Be the first to comment on "चौलागाईँकाे निधनमा पार्टीको आधा झण्डा झुकाइने"

Leave a comment

Your email address will not be published.


*