चेम्बर अफ कमर्श दोलखाद्वारा आफ्ना सदस्यलाई संकटको बेला आर्थिक सहयोग

चरिकोट (दीस) ः चेम्बर अफ कमर्श दोलखाले आफ्ना सदस्यलाई संकटको बेला आर्थिक सहयोग गर्दै मल्हम लगाएको छ । दुई साता अगाडि इभि गाडीमा दुर्घटनामा परी घाइते हुनु भएका चेम्बरका सदस्य कुमार कार्कीको उपचारमा चेम्बरले सहयोग गरेको हो ।
कार्कीलाई सहयोग गर्नकालागि आर्थिक सहयोग संंकलन गरी कार्कीलाई उक्त रकम आइतबार हस्तान्तरण गरिएको चेम्बर अफ कमर्श दोलखाका कोषाध्यक्ष राजकुमार खड्काले जानकारी दिनु भयो । चेम्बरको अगुवाई ४१ हजार ४ सय ३२ रुपैया संकलन गरी हस्तान्तरण गरिएको खड्काको भनाई रहेको छ  । घाइते कार्कीको राजधानी काठमाडौमा उपचार भईरहेको छ ।

Shares

Be the first to comment on "चेम्बर अफ कमर्श दोलखाद्वारा आफ्ना सदस्यलाई संकटको बेला आर्थिक सहयोग"

Leave a comment

Your email address will not be published.


*