चेतनशील बचत तथा ऋण सहकारी सस्थामा नयाँ नेतृत्व

अन्मोल बस्नेत

घिमिरेटार

वैतेश्वर गाँँउपालिकामा रहेको चेतनशील बचत तथा ऋण सहकारी सस्थामा नयाँ नेतृत्व आएको छ । शनिवार भएको साधारण सभाले पुण्य प्रसाद घिमिरे अध्यक्षमा चयन गरेको छ । उपाध्यक्षमा भरत उप्रेती ,सचीवमा बद्री प्रसाद दाहाल ,कोष अध्यक्ष बलाराम घिमिरे लगायत १३ सदस्य सञ्चालक समिति चयन गरेको छ । रामशरण घिमिरे को सयोजक मा ३ लेखा समिति पनि चयन गरेको छ ।
साधारणसभा सस्थाका अध्यक्ष नवराज घिमिरेको अध्यक्षता एवम् बैतेश्वर गाउँपालिका उप प्रमुख रबिचन्द्र आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । साधारणसभामा सस्थाको सञ्चालक समितिको प्रतिवेदन सस्थाका सचीव बद्री प्रसाद दाहाल ले प्रस्तुत गरेका थिए । सस्थाको आर्थिक बर्ष ०७४र०७५ को आर्थिक प्रतिवेदन सस्थाका कोषाध्यक्षा ईश्वर कुमार श्रेष्ठले सस्थाको कुल पुर्जी ४ करोड, २०लाख, ८७हजार १६ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बैतेश्वर गाउँपालिका उप प्रमुख रबि चन्द्र आचार्य बैतेश्वर गाउँपालिका भित्रमा कृषिमा लगानी गर्ने कृषकलाई प्रोत्साहन स्वरुप २५ हजार रुपैया अनुदान दिने बताए । त्यसैगरी उनले बैतेश्वर गाउँपालिकामा ५० वटा चिस्यान केन्द्र खोल्ने पालिका भित्रका ठाउँ ठाउँमा दुध संकल्ण केन्द्र स्थापना गर्ने भैंसी पालन कृषक लाई भत्ता वितरण गर्ने बताए ।वडा न .६ नाम्दु का वडा अध्यक्ष शम्सेयर घिसिङ ,राष्ट्रिय जिबन बिमा कम्पनी जिल्ला साखा प्रमुख निरकुमार फुयाल ,सयपत्रि साकोस मिर्गे अध्यक्ष कृष्ण ब. राउत, आत्मनिर्भर महिला साकोस सस्था अध्यक्ष भवानी उप्रेती, नवराज घिमिरे पुर्ब अध्यक्ष ,जिल्ला बहुउद्देश्यीय सहकारी संघका सञ्चालक सदस्य यज्ञप्रसाद घिमिरे ,लगायत ले शुभकामना मन्तव्य राखेका थिए ।

Shares

Be the first to comment on "चेतनशील बचत तथा ऋण सहकारी सस्थामा नयाँ नेतृत्व"

Leave a comment

Your email address will not be published.


*