चीनले भारतको उत्तरपूर्वी क्षेत्रमा विद्रोहीहरुलाई सहयोग गरिरहेको दावी

एजेन्सी – भारतको उत्तरपूर्वी राज्यहरूमा विद्रोहीहरूलाई चीनले सहयोग गरिरहेको दाबी भारतीय अधिकारीहरूले गरेका छन् । लद्दाखमा सैन्य गतिरोधको सामना गरिरहेका दुई मुलुकले द्वन्द्वको अर्को मोर्चा खोलेको यसबाट देखिएको छ । म्यान्मारमा रहेका युनाइटेड वा स्टेट आर्मी र आराकान आर्मी जस्ता सशस्त्र समूहले उत्तरपूर्वी राज्यहरूमा विद्रोही समूहहरूलाई हतियार र लुक्ने स्थान उपलब्ध गराइरहेको भारतीय अधिकारीहरूले बताएका छन् । ती दुई संगठनलाई यसै वर्ष आतंकवादी समूह भनी घोषणा गरिसकिएको छ । सर्वाधिक खोजी गरिएका भारतका कम्तीमा चार विद्रोही नेताहरूलाई ढेढ महिनाअघि दक्षिणी चीनको शहर खुनमिङमा तालिम र हतियार उपलब्ध गराइएको भनी सुरक्षा निकायहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई जानकारी दिइसकेको ती अधिकारीहरू बताउँछन् ।
त्यस समूहमा बेग्लै राज्यको माग गरेर लडिरहेका नागा विद्रोहीरू पनि छन् र उनीहरूले चिनियाँ सेनाका बहालवाला र सेवानिवृत्त अधिकारीहरू तथा दलालहरूलाई भेटिरहेको भारतीय अधिकारीहरू बताउँछन् । म्यान्मार सीमामा गतिविधि बढेकाले नयाँ दिल्ली चिन्तित छ किनकि चीन र पाकिस्तान दुवैतर्फको सीमासुरक्षामा खटिनुपर्दा भारतीय सेना निकै दबाबमा छ । गत अक्टोबर २१ मा एकजनासैनिक एम्बुशमा परी मृत्यु भएपछि भारतले प्रत्येक बटालियनमा एक हजार सैनिकसहित कैयौं बटालियनहरू तैनाथ गरेको छ । चीनको परराष्ट्र मन्त्रालयले भारतविरुद्ध सशस्त्र समूहलाई सहयोग पु¥याइरहेको दाबी खारेज गरेको छ र आफूले अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताएको छ । ‘चीनले हतियार निर्यातमा बुद्धिमत्तापूर्ण र जिम्मेवार दृष्टिकोण राख्ने गरेको छ,’ मन्त्रालयले लिखित प्रतिक्रिया दियो । ‘हामी सार्वभौम मुलुकहरूसँग सैन्य व्यापार गर्छौं र गैरराज्य व्यक्तिहरूलाई हतियार बेच्दैनौं ।’

Shares

Be the first to comment on "चीनले भारतको उत्तरपूर्वी क्षेत्रमा विद्रोहीहरुलाई सहयोग गरिरहेको दावी"

Leave a comment

Your email address will not be published.


*