दीक्षण समाचार
चरिकोट, असार २३
दोलखाको सदरमुकाम चरिकोटमा रहेको कृषि बजारको एक चिया पसलमा सोमबार आगोलागी हुदाँ २ लाख ८० हजारको क्षती भएको छ ।
पसलभित्र रहेको भाडावर्तन, खाट, टेवलहरु तथा अन्य समानहरु जलि नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशम बोहराले बताए ।
भीमेश्वर नगरपालिका ३ बस्ने सुनिता राउतले चिया पसल सञ्चालन गर्दै आउनुभएको सो पसलमा दुध तताउने क्रममा ग्यास लिक भई आगलागी भएको बोहराले बताए ।
उनका अनुसार जस्ता र काठले निर्मित १ तले टहराको पसलमा आगोलागी भएको हो । नेपाल प्रहरी,नेपाली सेना, भीमेश्वर नगरपालिकाको दमकल तथा स्थानिय वासीको सहयोगमा विहान ९ बजे पुर्णरुपमा आगो नियन्त्रण गरिएको उनले बताए ।
Be the first to comment on "चिया पसलमा आगोलागी हुँदा २ लाख ८० हजार बराबरको क्षती"