बाबुराम शर्मा/चरिकोट – ढिलै भए पनि दोलखाको सैलुङ गाउँपालिका–७ मा सुविधा सम्पन्न चर्नावती वृद्धाश्रम निर्माण भएको छ । पहलकदमी थालिएको करिब १० वर्ष र निर्माण थालनी भएको करिब पाँच वर्षपछि निर्माण सम्पन्न भएको चर्नावती त्रिवेणी विकास संघका अध्यक्ष गुणबहादुर बुढाथोकीले बताउनु भयो । उहाँका अनुसार चर्नावती वृद्धाश्रमको पहलकदमी २०६९ सालमा र २०७४ सालमा भवन निर्माण सुरु गरिएको हो । पाँच करोड रुपियाँमा भवन निर्माण हुने डीपीआर तयार भए पनि दुई करोड ५६ लाख रुपियाँमा ठेक्का सम्झौता भएपछि संरचना अधुरो पारेर छोड्दा लामो समय लागेको हो । पहिला महिला तथा बालबालिका कार्यालय मातहत रहे पनि पछिल्लो राजनीति विकाससँगै कसले हेर्ने भन्नेमै अन्योल बन्यो । चर्नावती त्रिवेणी विकास संघका अध्यक्ष बुढाथोकीले भन्नु भयो, अन्तिममा गाउँपालिकाले हेर्ने टुङगो लागेपछि निर्माण अघि बढेको हो । बजेट समयमा नआउने झन्झटले पनि निकै सतायो । अब भने तान्तुन गरेर निर्माण सम्पन्न भएको छ । सुरक्षाका लागि कम्पाउन्ड वाल लगाउनुपर्ने समस्या छ । बजेट अभावले सताएको छ, उहाँले गुनासो पोख्नु भयो । सञ्चालन गर्नका लागि ओढ्ने,ओछ्याउने बेडलगायत पनि छैन । भवन बने पनि कसरी सञ्चालन गर्ने भन्ने पनि समस्या छ । सैलुङ गाउँपालिकाले वर्षेनी पाँच लाख रुपियाँ अनुदान दिँदै आएको छ । मात्र १० लाख रुपियाँ बचत रहेको छ । यहाँका नौ वटै स्थानीय तहसँग सल्लाह सुझाव लिने र आर्थिक संकटले पनि गर्ने सोच बनेको उहाँले बताउनु भयो । गाउँपालिकाका प्राविधिक रामकाजी कार्कीका अनुसार करिब २५ रोपनी जग्गामा बनेको ७८ भm्याले भवनमा तीन तला र ट्रवाइलेट बाथरुम सहितका २१ कोठा रहेका छन् । भवनभित्रै भान्सा कोठा र प्रतिक्षालय समेत रहेको छ । तामाकोसी, चर्नावती र गोपिखोलाको सङगम स्थल भएकाले यो क्षेत्रलाई त्रिवेणी भनिएको हो । भारतको गयामा श्राद्ध गर्न जानेलाई नेपाली उत्तर गयाको रुपमा रहेको चर्नावतीमा पहिला श्राद्ध नगरी तीर्थ पूरा नहुने भन्ने गरिएको बुढापाकाहरु बताउँछन् । त्रिवेणी आसपासमा चार चौका भएको सीता चुलो, रामघाट, सीता कुण्ड, सीतापाइला आदि चिन्हका आधारमा स्थानका नामाकरण भएका छन् । यो पवित्र स्थल भएकाले रामसीताको क्रिडास्थल रहेको ऐतिहासिक पाटो देखिन्छ । यो ठाउँ पवित्रताको हिसावले मात्र होइन, काठमाडैाँ, भारतको गया र चीनबाट पनि नजिक रहेको छ । यसको आसपासमा भीमेश्वर नगरपालिका, वैतैश्वर, तामाकोसी र सैलुङ गाउँपालिकाको पायक पर्ने ठाउँमा उत्तम त्रिवेणी घाट निर्माण भइसकेको छ । यो ठाउँलाई नेपाली उत्तर गयाको विकासका निम्ति गुरुयोजना तयार भएको छ । गुरुयोजना अनुसार घाट, वृद्धाश्रम निर्माण भए तापनि अरु थुप्रै संरचना निर्माण गर्नुपर्ने छ । २५ करोड रुपियाँ लाग्ने भएकाले सबैको सहयोगको अपेक्षा गरिएको छ । यसलाई पूर्ण बनाउन र जीवन्त राख्न नयाँपुलबाट दक्षिण, रामेछाप जाने पुरानो बाटोदेखि पूर्व, काठमाडौँ–मन्थली जाने सडक पश्चिम र धमेलीखोला उत्तरको ४० हेक्टर जमिनकाम सामुदायिक वनबाट केही आम्दानी लिने र यहाँबाट उब्जिने बालुवा गिटी समेतको रकम उपलब्ध गराइने तत्कालीन जिल्ला परिषद्को पारित गरेको भए तापनि कार्यान्वयन नहुँदा अप्ठ्यारो परेको गुनासो संघका अध्यक्ष बुढाथोकीले गर्नु भयो ।
चर्नावती बृद्धाश्रम निर्माण
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक १८ माघ २०७८, मंगलवार १८:१५
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १२:५६
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छः अर्थमन्त्री पौडेल
७ मंसिर २०८१, शुक्रबार १३:०२
Be the first to comment on "चर्नावती बृद्धाश्रम निर्माण"