चरिकोट मुडे सडकखण्डको ठेक्का तोडिन्छ –सचिब श्रेष्ठ

काठमाडौं (दीस) । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले चरिकोट मुडे सडकखण्डको ठेक्का तोडेर आन्तरिक श्रोतबाट नयाँ ठेक्का लगाउने भएको छ । सोमबार नागरिक समाजको अगुवाईमा काठमाडौमा भएको छलफलमा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले सो प्रतिबद्धता जनाउनु भएको हो । “यसका लागि ६१ करोड लागत लाग्ने अमुमान छ , हामी आन्तरिक श्रोतबाट उक्त रकम जुटाउछौ सचिब श्रेष्ठले भन्नुभयो , ठेक्का तोड्नका लागि विभागलाई फाइल आइसकेको छ , एक साताभित्रमा तोडिसक्छौ । आयोजना प्रमुखले ठेक्का तोड्न फाइल पठाइसकेको श्रेष्ठको भनाई रहेको छ । सचिव श्रेष्ठलाई भेट्न आएका दोलखाका जनप्रतिनिधि एवम् नागरिक समाजबीचको भेटमा उहाँले विभागका महानिर्देशकलाई सीधै फोन गरी तत्काल ठेक्का तोड्ने फाइल सदर गराएर मन्त्रालयमा पठाउन ठाडो निर्देशन दिनु भएको थियो । सडक निर्माण सुरु भएको ६ बर्ष वित्दा समेत सो खण्डको ३० किलोमिटर सडक कालोपत्रे हुन बाँकी रहेको छ । सचिबलाई ध्यान आर्कषण गराँउदै सडक संर्घष समितिका संयोजक चिरञ्जीबी मास्केले पुरानो ठेक्का तोडेर नयाँ ठेक्का लगाउन संर्घष समितिले सरकारसँग माग गरिएको बताउनु भयो । सडक निर्माणका लागि २०७२ सालमा ठेक्का स्वीकृत भई ३ बर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । यसका लागि भारतीय एक्जिम बैंककोले ऋण सहयोग गरेको थियो। सोमबारको भएको ध्यानआर्कषण कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा , पुर्व सभापति तारा कोइराला , नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति दोलखाका संयोजक कुल बहादुर बुढाथोकी , नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा लगायतका दोलखाका नागरिक समाजका्े उपस्थीति रहेको थियो ।

Shares

Be the first to comment on "चरिकोट मुडे सडकखण्डको ठेक्का तोडिन्छ –सचिब श्रेष्ठ"

Leave a comment

Your email address will not be published.


*