चरिकोट बजार अहिले बेहुली जस्तै सजिएको छ,सडक महोत्सब आज

चरिकोट–चरिकोट बजार अहिले बेहुली जस्तै सजिएको छ । सडक महोत्सब आयोजकले चरिकोटलाई रङबिरङगी बनाएका छन । भीमेस्वर नगरपालिकाको आयोजना र नगरपालिका स्थित ९ वटा टोल सुधार समितिको सह आयोजनामा हुन लागेको महोत्सवको विहान ११ बजे प्रदेश सांसद पशुपति चौलागाईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । चरिकोटमा आजबाट सडक महोत्सव हुने भएको छ । दुई दिने महोत्सवसडक महोत्सवको तयारी पुरा भएको आयोजक सँस्थाका सचिव कृष्ण श्रेष्ठजानाकारी दिए । “महोत्सव हामीले सम्पुर्ण तयारी पुरा गरेका छौ ” श्रेष्ठले भने ।“ हामीले दोलखा आन्तरीक तथा बाह्य हजारौ सहभागी अपेक्षा गरेकाछौ श्रेष्ठले भने ।

“हाम्रो रहर,सुन्दर स्वच्छ सफा र हराभरा चरिकोट सहर” भन्ने मुल नाराका साथ भिमेश्वर नगर मात्रै नभइ सिंगो दोलखालाई पर्यटक मैत्री बनाउन महोत्सव सम्पन्न गर्न लागिएको आयोजकको भनाइ छ।
पर्यटकका लागि सडकमै खाऔं, सडकमै नाँचौं, सडकमै रमाऔं भन्ने आभास दिलाउने गरी हुन लागेको महोत्सव नयाँ वर्षका दिन वैशाख १ गते बिहान समापन हुने समितिका सचिव कृष्ण श्रेष्ठले जानकारी दिए।

 

महोत्सवको तयारी स्वरुप चरिकोट बजारलाई बेहुली झै सिंगारिएको छ । सातदोबाटो चोक देखि पशुपति चोकसम्म पैदल क्षेत्र घोषणा गरिएको छ । आयोजक सँस्थाका सचिव कृष्ण श्रेष्ठकोत्सव अवधिभर चरिकोट वीच बजार हुँदै सँचालन हुने सवारीका साधानलाई बैकिल्पक मार्गवाट सँचालनको व्यवस्था मिलाइएको छ । महोत्सवमा स्थानीय खानाका परिकार, लोकल परिकारहरु, घरेलु उत्पादनका सामाग्रि, डकुमेन्ट्रि प्रस्तुति र साँस्कृतिक कार्यक्रमहरु सञ्चालन हुने छन् । महोत्सवमा स्थानीय खानाका परिकार, लोकल परिकारहरु, घरेलु उत्पादनका सामाग्रि, डकुमेन्ट्रि प्रस्तुति र साँस्कृतिक कार्यक्रमहरु सञ्चालन हुने छन् ।

Shares

Be the first to comment on "चरिकोट बजार अहिले बेहुली जस्तै सजिएको छ,सडक महोत्सब आज"

Leave a comment

Your email address will not be published.


*