दीक्षण दैनिक
चरिकोट, जेठ १०
कोरोना संक्रमित बिरामीहरु बढ्दैँ जाँदा अक्सिजनको माग पनि उतिकै बढेको छ । कतिपय अस्पतालहरुमा अक्सिजन नपाएर संक्रमितले ज्यानै गुमाउनु परेको खबरहरु सार्वजनिक भईरहेको छ । दोलखामा पनि अक्सिजन चाहिने बिरामीहरु बढ्न थालेका छन् । यही अवस्थालाई मध्यनजर गर्दै आज चरिकोट अस्पताललाई १० थान अक्सिजनसहितको सिलिन्डर प्राप्त भएको छ । वान हार्ट वल्र्डवाइड दोलखाले ४६ लिटरका उक्त संख्याका अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हो । कोभिड सङ्क्रमित दिनदिनै बढ्दै गइरहेका बेला उपचारका लागि अक्सिजनको अभाव हुन सक्छ । अक्सिजन अभाव भएमा संक्रमितको ज्यानै जोखिममा पर्छ । त्यसैले अस्पताललाई अक्सिजन आपूर्तिमा राहत मिलोस् र संक्रमितको उपचार सहज होस् भन्ने उद्धेश्यका साथ अक्सिजन सहितको सिलिन्डर प्रदान गरिएको वान हार्ट वल्र्डवाइडका दोलखा जिल्ला संयोजक गौरव आचार्यले जानकारी दिए । जिल्लाका स्थानीय सरकारसँगको सहकार्यमा मातृ र नवजात शिशु मृत्युदरको जोखिम कम गर्नका लागी गुणस्तरीय स्वास्थ्य सेवाहरुको पहुँच र पहुँच सुधार गर्न जिल्लामा उल्लेख्य भूमिका निर्वाह गर्दे आएको उक्त संस्थाले कोरोनाबाट संक्रमित भई होम आइसोलेशनमा बसका गर्भवती र सुत्केरी महिलाहरुलाई स्वास्थ्य सामग्रीसहितको कीट प्रदान गर्ने तयारी गरेको छ । उक्त कीट मा पल्स अक्सीमिटर, थर्म मिटर, मेडिकल माक्स्, ह्यान्ड स्यानिटाइजर, टिस्सु पेपर, पन्जा, प्यारासिटामोल लगायतका अन्य सामग्रीहरु रहने छ । जिल्ला संयोजक आचार्यका अनुसार पालिकाहरुको समन्वयमा केही दिनपछि उक्त सामग्रीहरु लिएर संक्रमित सुत्केरी र गर्भवती महिलाको घरअाँगनमैँ जाने तयारी गरिएको छ ।
Be the first to comment on "चरिकोट अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण"