चरिकोटमा हिमपात

दीक्षण समाचार
चरिकोट, माघ २१
हिमाली जिल्ला दोलखाको सदरमुकाम चरिकोट क्षेत्रमा हिउँ परेको छ । शुक्रबार दिउँसो दुई बजे देखि वर्षासँगै हल्का हिउँ (भुवा उडे झैँ) परेको हो । चरिकोट बजारमा परेको हिउँ जमीनमा पर्ना साथ केही क्षणमै बिलाएको थियो । बजार नजिकै रहेकाे सीमपानी देखि माथीको क्षेत्रमा भने हिउँ जमेर सेताम्य देखिएको छ । कालिञ्चोक, शैलुङ, चेर्दुङ लगायत जिल्लाका उच्च भूभाग सेताम्य हुने गरी हिउँ पर्नु स्वभाविक भएपनि ती क्षेत्रभन्दा कम उचाइमा रहेको चरिकोट क्षेत्रमा हिउँ पर्नु अनौठो अर्थ दिन्छ । पानीसँगै हिउँ परेको दृष्य केही सर्वसाधारणले तस्बिर तथा भिडीओ कैद गर्नूका साथै सामाजिक सञ्जालमा राख्न भ्याएका छन् । जिल्लाका उच्च भूभागमा हिउँ पर्नुका साथै चरिकोटमा समेत सामान्य हिउँपानी परेपछि सो क्षेत्रमा मात्र नभई तल्लो क्षेत्रको बेँसीका बस्तीमा समेत अध्यधिक चिसो बढ्दा जनजीवन प्रभावित बनेको छ । घरबाहिर निस्कन समेत कठिनाइ हुँदा दैनिक नियमित कार्यहरु स्थगित गर्न बाध्य हुन परेको छ । सर्वसाधारण नागरिकले चिसो बढेपछि यसबाट जोगिदैँ आफ्नो शरीर न्यानो बनाउने प्रयत्नमा हिटर र आगो तापिरहेका छन् । विद्युत र इन्टरनेट सेवाको उपभोग गर्दै आफ्ना काम गर्नेहरु यो बेला सो सेवाहरु अवरुद्ध भएपछि मारमा परेका छन् । माघ महिना लागेसँगै जिल्लाको उच्च क्षेत्रमा पटकपटक हिमपात भएको छ । हिमपातका कारण जनजीवन प्रभावित भएपनि अधिकाँस किसान र पर्यटन व्यवासायीलाई भने लाभ भएको छ ।

चरिकाेट स्थित पशुपति मन्दिर

Shares

Be the first to comment on "चरिकोटमा हिमपात"

Leave a comment

Your email address will not be published.


*