चरिकोट (दीस) –दोलखाको सदरमुकाम चरिकोटमा विजया दशमीको अवसर पारेर “भीमेश्वर सुपर मार्केट” खुलेको छ । सातदोबाटो चोकमा रहेको पावन होटलको माथिल्लो तलामा रहेको भीमेश्वर सुपर मार्केटको उद्धघाटन जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले आज एक समारोहका बिच गरेका छन् । समन्वय प्रमुख पाण्डेले पर्यटकीय जिल्लामा गुणस्तरीय तथा सुलभ मूल्यमा ग्राहले हरेक सामान पाउने गरी अरु धेरै सुपर मार्केट सञ्चालनमा आउनु आवश्यक रहेको बताए । भीमेश्वर सुपर मार्केटले दशै धमाका नामले विशेष उपहार योजना समेत ल्याएको छ । जसमा एक हजार बराबरको सामान खरीद गर्ने ग्राहकलाई एक केजी चिनि, दुई हजार बराबरको सामान खरीद गर्ने ग्राहकलाई दुई केजी चिनि, पाँच हजारसम्मको सामान खरी गर्ने ग्राहकलाई एउटा जम्बो कोक तथा छ हजार भनदा बढीको सामान खरीद गर्ने ग्राहकलाई एक बाक्सा वाईवाई चाउचाउ उपहारको रुपमा प्रदान गरिने सुपर मार्केट सञ्चालक हेमराज रिमालले बताए ।
उद्धघाटन कार्यक्रममा सुपर मार्केटका सञ्चालकहरु दोलखा उद्योग बाणिज्य सङ्घका पूर्व अध्यक्ष रामेश्वर मान्न्धर, अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ, उपाध्यक्ष दिनेश थापा, सनत थापा, महासचिव हेमराज रिमाल, सचिव विमल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । चरिकोटमा ग्राहकले एकै दथोमा सबैकुरा पाउने सुविधा सम्पन्न सुपर मार्केट यो दोस्रो हो ।दोलखामा यस अघि नाईन मार्ट सुपर मार्केट सञ्चालनमा रहेको छ ।
Be the first to comment on "चरिकोटमा “भीमेश्वर सुपर मार्केट” खुल्यो"