चरिकोट –दोलखाको सदरमुकाम चरिकोटमा बडा दशैको अबसरमा फुटसल प्रतियोगिता सुरु भएको छ । सदरमुकाम चरिकोटमा रहेको रोयल मकैबारी फुटसल एण्ड स्पोर्टस हाउसको आयोजनामा भएको प्रतियोगितामा १५ टिमले सहभागिता जनाएका छन । फुटसल प्रतियोगिताको भिमेश्वर नगरपालिकाका मेयर भरत के.सीले मुख्य निर्णायक विनोद तमाङलाई बल हस्तान्तरण गर्दै उद्धघाटन गरेका थिए । कार्यक्रममा वोल्दै मेयर के.सीले नगरपालिका खेलकुदको विकास गर्न सधै तत्पर रहेको बताए । उनले नगरपालिकामा आफु निर्वाचित भएपछि प्याराफिट सहितको टुडिखेल बनाउन थालेको र त्यसको हाल स्तरउनोति भइरहेको जानकारी दिए । भिमेश्वर नगरपालिकालाई खेल मैत्री नगरपालिका बनाउने अभियान अन्र्तगत “एक वडा ,एक खेल मैदान ”बनाउने अभियान शुरु भएको बताए । कार्यक्रममा अखिल नेपाल फुटबल संघ केन्द्रीय सदस्य बावुकाजी बस्नेतले खेलाडीले अनुशासनपुर्वक खेल्नु उसको गहना भएको धारणा व्यक्त गरे । कार्यक्रममा हक्कीसंघ दोलखा अध्यक्ष देवकृष्ण थापा , लालीगुराँस युवा क्लवका प्रविण श्रेष्ठ तथा फुटसलका संन्चालक राजु तमाङले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
चरिकोटमा फुटसल प्रतियोगिता सुरु
Posted By: दीक्षण दैनिक १२ आश्विन २०७६, आईतवार १८:१६
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६