इश्वर बिश्वकर्मा
चरिकोट, चैत्र ७
दोलखाको सदरमुकाम चरिकोटमा शनिबार लागुऔषध विरुद्ध सचेतनामुलक सडक नाटक प्रदर्शन गरिएको छ । बागती प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना, बागमती प्रदेश प्रहरी कार्यालयको सहयोग र जिल्ला प्रहरी कार्यालय दोलखाको समन्वयमा नाटक प्रदर्शन गरिएको हो । सडक नाटकमा लागुऔषधको सेवनले व्यक्तिगत जीवनमात्र नभई परिवार तथा समुदायमा पार्ने असरबारे कलाकारहरुले जीवन्त अभिनय गरी लागुऔषधमा नफस्न सन्देश प्रवाह गरेका थिए । वर्तमान समयमा युवायुवतिहरु खराब संगतका कारण लागुपदार्थ सेवनमा फस्ने गरेको चित्रण गर्दै लागुपदार्थ दुर्व्यसनमा लाग्न नदिन अभिभावकको पहिलो भूमिका रहेको नाटकमा उल्लेख थियो । नाटक सगैँ सांगीतिक धुन समेत प्रस्तुत गरिएको थियो । नाटक प्रदर्शन कार्यक्रममा भीमेश्वर नगरपालिका प्रमुख भरत केसी, उपप्रमुख कमला बस्नेत, डियसपी भेषराज रिजाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख भानुभक्त नेपाल लगायतको सहभागिता रहेको थियो ।
Be the first to comment on "चरिकोटमा नाटक भएपछि……………."