दीक्षण समाचार
चरिकोट, पुस ४
दोलखाको सदरमुकाम चरिकोटमा धितो मुल्यांकन सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । जिल्ला सहकारी संघको आयोजना भएको तालिम आइतबार सम्पन्न भएको हो । तालिममा सहकारी संस्थाका प्रमुख, सञ्चालक समितिका पदाधिकारी, व्यवस्थापक, धितो मुल्यांकन समितिका पदाधिकारी, ऋण समितिका पदाधिकारीहरुसहित गरी ४० जनाको सहभागिता रहेको थियो । सहभागिहरुलाई मालपोत कार्यालयका प्रमुख मुरारी दुलाल, नापी कार्यालयका प्राविधिक कृष्णप्रसाद वाग्ले र ईन्जिनियर सुरेश राउतले प्रशिक्षण दिनुभएको थियो ।
Be the first to comment on "चरिकोटमा धितो मुल्यांकन तालिम सम्पन्न"