चरिकोटमा कर अनुशिक्षण तथा छलफल कार्यक्रम सम्पन्न

चरिकोट (दीस) – दोलखाको सदरमुकाम चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी र दोलखा चेम्बर अफ कर्मशको सँयुक्त आयोजनामा एक दिने कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ । मिजिजुली साकोसका शेयर सदस्यहरुले सहकारी शिक्षा तथा बित्तीय साक्षरता शिक्षा लाई मन पराईरहेकै अवस्थामा कर सम्बन्धि पनि केही कार्यक्रम आवश्यक छ भनी माग गरे सो कार्यक्रम गरिएको साकोसका प्रमुख कार्यकारी अधिकृत ईस्वर न्यौपानेले बताए । करदाता सेवा कार्यालय चरिकोट दोलखाको प्राविधिक सहयोग तथा दोलखा चेम्बर अफ कमर्स सँगको सहकार्यमा आयकर तथा मुल्य अभिबृद्धि कर सम्बन्धि कर अनुशिक्षण तथा छलफल कार्यक्रम सञ्चालन गरेको उनले बताए । “संस्थाले आफ्नो कार्यक्षेत्र भित्र रहेको ब्यापारीक क्षेत्रमा रहेका उद्योगी ब्यापारी शेयर सदस्य तथा सम्भावित शेयर सदस्यहरुलाई कर सम्बन्धि अनुशिक्षण तथा छलफल कार्यक्रम सञ्चालन गर्दै जाने योजना बनाएको छ ।” “अन्जानमा कानून क्षम्य हुदैन” भन्ने कानूनी मान्यतालाई आत्मासाथ गर्दै संस्थामा आवद्ध शेयर सदस्यहरु कर कानूनमा जानकार हुनुपर्दछ भन्ने मान्यता राख्दै यो कार्यक्रम आयोजना गरीएको हो ।” सकोसका अध्यक्ष नारायण श्रेष्ठले भने । कार्यक्रममा दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष श्री बिष्णु श्रेष्ठले स्वागत मन्तब्यको साथै कार्यक्रमको उद्देश्यबारे  स्पस्ट पारेका थिए । कार्यक्रम दोलखा चेम्बर अफ कमर्सका महासचिव पाण्डव सिंह पाण्डेले कार्यक्रम सञ्चालन गरेका थिए ।
शुक्रबार सञ्चालीत कर अनुशिक्षण तथा छलफल कार्यक्रममा ६० जना उद्योगी ब्यापारी शेयर सदस्य तथा सम्भावित शेयर सदस्यहरु सहभागि भएका थिए । यस कार्यक्रम मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षता र करदाता सेवा कार्यालय चरिकोट दोलखाका कर अधिकृत देवानन्द काफ्लेको प्रमुख आतित्थ्यतामा सञ्चालन भएको थियो । करदाता सेवा कार्यालयका कर अधिकृत एवं कार्यक्रमका प्रमुख अतिथि देवानन्द काफ्लेले स्लाईडको माध्यामबाट सहजिकरण गरेका थिए ।

Shares

Be the first to comment on "चरिकोटमा कर अनुशिक्षण तथा छलफल कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*