दीक्षण समाचार
चरिकोट, मङ्सिर २६
दोलखाको सदरमुकाम चरिकोटमा आदिवासी जनजाति पत्रकारहरुका लागि तीन दिने आधारभूत पत्रकारिता तालिम शुरु भएको छ । ‘सञ्चारमा समावेशीता–कानुनमा चाहियो, व्यवहारमा पनि’ भन्ने नाराका साथ भीमेश्वर नगरपालिकाको सहयोगमा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा दोलखाको आयोजनामा तालिम शुरु भएको हो । तालिममा पत्रकार बन्न चाहने विद्यार्थी तथा जिल्लाका सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीसहित ३५ जनाको सहभागिता रहेको छ । सहभागीहरुलाई रेडियो नेपालका पत्रकार अमरध्वज तामाङ लगायतले प्रशिक्षण दिईरहनुभएको छ । तालिम उद्घाटन कार्यक्रममा वक्ताहरुले सिकेका कुरालाई व्यवहारमा लागु गर्न सहभागीहरुलाई अनुरोध गरेका छन् । फोनिज दोलखाका अध्यक्ष प्रभु जिरेलले आदिवासी जनजातिहलाई पत्रकारिता क्षेत्रमा आकर्षण गराउनको लागि तालिमको आयोजना गरिएको बताउनुभयो । उद्घाटन कार्यक्रममा भीमेश्वर नगरपालिकाको उपप्रमुख कमला बस्नेत, वडाध्यक्ष नवीन लामा, प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य चिरञ्जीवी मास्के नेपाल पत्रकार महासंघ दोलखा शाखाका पुर्व अध्यक्ष जीवन लामा ,नेपाल पत्रकार महासंघ दोलखा शाखाका उपाध्यक्ष श्रृजन कुमार घिमिरे , थामी समाजका महासचिब लक्षण थामी लगायतले मन्तव्य व्यक्त गर्नुभयो ।
Be the first to comment on "चरिकोटमा आदिवासी जनजाति पत्रकारहरुका लागि आधारभूत पत्रकारिता तालिम सुरु"