चरिकोटबाट बलत्कार आरोपमा आफ्नै बाबु पक्राउ

चरिकोट –बिगत ७ बर्ष देखि आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दोलखाले बुधबार एक जनालाई पक्राउ गरेको छ ।  १७ बर्षिय बालिकाले बुधबार जिल्ला प्रहरी कार्यालय दोलखामा आफु बर्षौ देखी बुवाबाट नै बालत्कृत हुँदै आएको भनि किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ । निज पीडित बालिकालाई घरमा कोही नभएको मौका पारी बुवाले बिभिन्न डर त्रास देखाई पटक पटक बलात्कार गर्दै आएको उनले प्रहरीलाई जाहेरी दिएको पनि प्रहरी बताएको छ । निजलाई चरिकोटबाट पक्राउ गरेको हो । अनुसन्धानको लागि निजलाई अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

Shares

Be the first to comment on "चरिकोटबाट बलत्कार आरोपमा आफ्नै बाबु पक्राउ"

Leave a comment

Your email address will not be published.


*