चरिकोट(दीस)ः सदरमुकाम चरिकोट स्थित सातदोबाटे चोकमा अब्यवस्थित रुपमा संचालन हुँदै आएको हाटबजारलाई हिमचुली मार्गमा सारिएको छ । दिक्षण राष्ट्रिय दैनिक तथा अन्य अनलाईनहरुमा दुर्घटनाको उच्च जोखिम रहेको क्षेत्रमा हाटबजार संचालन भइरहेको समाचार प्रकाशित भएपछि भीमेश्वर नगरपालिकाले हिमचुली मार्गमा हाट बजार सारेको हो ।
शनिवार बाट चरिकोटमा लाग्ने हाट बजार हिमचुली मार्गमा लगाउन थालिएको भीमेश्वर नगरपालिकाका प्रबक्ता एवं वडा नं. ४ का वडाध्यक्ष तारानाथ चौलागाईँले जानकारी दिनुभयो । हाटबजार लगाउने स्थान अभावमा सातदोबाटे स्थित सडकमा लामो समयदेखि हाटबजार लाग्ने गरेको थियो । जसले गर्दा सवारीसाधनको आवागमन अवरुद्ध हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको थियो ।
Be the first to comment on "चरिकोटको हाटबजार हिमचुली मार्गमा सञ्चालन"