चरिकोटको फुटपाथ छाड्न अल्टिमेटम, नहटाइए जफत गरिने

ईश्वर बिश्वकर्मा
चरिकोट, मङ्सिर ११
भीमेश्वर नगरपलिकाले पटकपटक सार्वजनिक सूचना जारी गर्दै फुटपाथमा सामान नबेच्न आग्रह गरेपनि व्यापारीहरुले अटेर गरेका छन् ।
नगरले गत ४ गते सातदिनको म्याद सहित सार्वजनिक सुचना निकाली फुटपाथमा सामान नबेच्न आग्रह गरेपनि फुटपाथका व्यापारीले त्यसको अवज्ञा गरेका हुन् ।
भ्रमण वर्ष २०२० लाई लक्षित गरि नगरपालिकाई सफा, सुन्दर र हराभरा बनाउन प्रयत्न भएता पनि व्यापारीहरुले फुटपाथ नछाड्नाले चुनौती थपिएको नगरले जनाएको छ ।
नगरपालिकाले चरिकोटको सडक विभाग आसपासमा मंगलबार अनुगमन गर्दा व्यापारीहरुले फुटपाथमा सामान बेचेको पाइएपछि पुन ः सातदिने अल्टीमेटम दिएको नगरप्रमुख भरत केसीले बताए ।
यदि सातदिनको अवधीमा फुटपाथ नछाडेमा मंसिर २७ मा सामान जफत गरिने र कानुनी कारबाही गरिने उनले बताए । कृषि उपज बिक्रीका लागि निश्चित समय नगरले तोकेकाले सो समयमा मात्रै कृषकले बेच्न पाउने नगरले जनाएको छ ।
सधैँ व्यापारका लागि कृषि बजार क्षेत्र अथवा सटर लिनुपर्ने र कृषि बजारमा कृषकहरुले मात्रै कृषि उपज बिक्रीविरण गर्न पाउने नगरले जनाएको छ ।

याे पनि पढ्नुस् ‍

सडकछेउको निर्माण सामग्री हटाउन पुन ः अल्टिमेटम, नहटाइए जफत गरिने
चरिकोट बजारको सडक छेउछाउमा राखिएका निर्माण सामग्री हटाउन पुन ः अल्टिमेटम दिएको छ ।
सडक छेउमै निर्माण सामग्री राख्नाले दुर्घटनाको जोखिम बढेको र बजारक्षेत्र कुरुप भएकाले गत मंसिर ४ गते निर्माण सामग्री हटाउन म्याद दिएको थियो ।
म्याद सकिएपनि कतिपयले सडकमै निर्माण सामग्री राखेको मंगलबार अनुगमनको क्रममा पाइएकाले पुन म्याद दिदैँ मंसिर २५ गतेसम्ममा हटाउन निर्देशन दिएको नगरले जनाएको छ ।
स्थानियबासीहरुले घर अगाडी सडकै अवरोध हुने गरि छरपस्ट निर्माण सामग्री राख्ने गरेकाले अब त्यस्तो कार्य कसैले गरेको पाइएमा नगरपालिकाले सो सामान जफत गर्ने नगर उपप्रमुख कमला बस्नेतले बताइन् ।
नगरपालिकाको भ्रमण वर्ष २०२० लाई लक्षित गरि बजार व्यावस्थापनका लागि कार्यदल बनाइ बजार सफा, सुन्दर र हराभरा बनाउने अभियान सुरु गरेको छ ।
बजार व्यवस्थापनका लागि सिसिक्यामारा राख्ने, सडक रिभाईडर व्यवस्थापन, सौर्यबत्ति राखिने, टोल विकास संस्थामार्फत फुटपाथ निर्माण गर्ने योजना नगरको रहेको छ ।
साथै सडकतर्फ निर्माण गरिएको भ¥याङ, पाली बरण्डा हटाइने, पुराना सवारीसाधन, कवाडी सामान हटाउन सम्बन्धित निकायलाई आग्रह गरिएको नगरले जनाएको छ ।

 

 

Shares

Be the first to comment on "चरिकोटको फुटपाथ छाड्न अल्टिमेटम, नहटाइए जफत गरिने"

Leave a comment

Your email address will not be published.


*