ईश्वर बिश्वकर्मा
चरिकोट, असार २२
दोलखा सदरमुकाम चरिकोटमा रहेको जनहित सहकारी संस्था लिमिटेड र अर्थभुमि बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिच एकिकरण हुने भएको छ ।
शनिबार बसेको कार्यदल र पदाधिकारीहरुको भेलामा उक्त दुई सहकारी एकिरण गर्ने सम्झौता भएको हो । सहकारी ऐन, २०७४ बमोजिम दुबै सहकारी संस्था असार २८ एकिकरणको घोषणा हुने जनहित सहकारी संस्था लिमिटेडका अध्यक्ष दिनेश बस्नेतले बताए ।
दुबै सहकारी संस्था भावनात्मक रुपले एकाकार भई अघि बढ्ने प्रतिबद्धता सहित सम्झौता भएको बस्नेतले बताए । सहकारी सदस्यहको हित हुनुका साथै सहकारी मजबुत र बलियो हुने भएकाले एकिकरण गर्न लागिएको उनले बताए । सहकारी सेवा चुस्त, दुरुस्त, भरपर्दो र विश्वासिलो ढंगले प्रदान गर्नका लागि एकिकरण गर्न लागिएको अर्थभूमिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव तारानाथ चाँैलागाइले बताए ।
सहकारी संस्थाहरु एकिकरण भई साउन १ गतेबाट अर्थभूमि जनहित बचत तथा सहकारी संस्था लिमिटेडको रुपमा भिमेश्वर नगरपालिका ३ चरिकोटबाट एकिकृत कारोबार गर्ने भएको छ । सम्झौता पत्रमा जनहित सहकारी संस्था लिमिटेडको तर्फबाट अध्यक्ष दिनेश बस्नेत र अर्थभुमि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तर्फबाट अध्यक्ष कृष्ण प्रसाद दाहालले हस्ताक्षर गरेका छन् ।
कुल पुँजी ४५ करोड पुग्ने
चालु आर्थिक वर्षको जेठ मसान्तसम्म जनहित सहकारी संस्था लि.को कुल पुँजी २५ करोड रहेको छ भने शेयर सदस्य २ हजार ५० जना रहेका छन ।
अर्थभुमिको कुल पुँजी १९ करोड ५३ लाख रहेको छ भने शेयर सदस्य २ हजार ७ सय ९० जना रहेका छन । एकिकृत कारोबार पछि कुल पुँजि ४५ करोड बराबरको पुग्ने छ भने शेयर सदस्य ४ हजार ८ सय ४० पुग्ने अर्थभुमी साकोसका व्यवस्थापक मन कुमार श्रेष्ठले जानकारी दिए ।
१५ सदस्य संञ्चालक समिति बन्ने दुबै संस्था एकिकृत भएपछि १५ सदस्य संञ्चालक समिति बन्ने छ । १५ सदस्य संञ्चालक समितिमा उपाध्यक्ष, कोषाध्यक्ष सहित ८ सदस्य अर्थभुमीलाई र अध्यक्ष र सचिव सहित ७ सदस्य जनहितलाई दिने समेत सम्झौता भएको छ । नयाँ बन्ने संञ्चालक समितिमा जनहित सहकारी संस्थाका उपाध्यक्ष नवराज न्यौपानेलाई अध्यक्ष र अर्थभुमी साकोसका अध्यक्ष कृष्ण प्रसाद दहाललाई उपाध्यक्ष, जनहितका सचिव श्याम कायस्थलाई सचिवको जिम्मेवारी दिने सम्झौता भएको छ ।
अन्य बाँकी कोषाध्यक्ष, सदस्यहरु र लेखा समिति भने टुङ्गो लाग्न बाँकी रहेको छ ।
जिल्लामा पछिल्लो समय एकिकरणको लहर चलिरहदा अर्थभुमीले यस अघि २०७२ कात्तिक ११ गते चरिकोटकै ३ वटा सहकारीलाई एकिकरण गरेको थियो । चरिकोटमानै रहेको मिलिजुली साकोस, काब्रेमा रहेको जनसचेतन साकोस र सुनखानिमा रहेको आनान्दायक बहुउदेश्यीय सहकारीले पनि पछिल्लो समय एकिकरणलाई जोड दिएका छन भने चरिकोटकै हाम्रो जनकल्याण साकोसले पनि केहि समय अघि दुईवटा सहकारीलाई एकिकरण गरेको थियो । चरिकोटका दुई ठुला सहकारी एकिकरणको लागि सम्झौता भए पछि यसलाई धेरैले यसलाई चासोको साथ हेरेका छन ।
Be the first to comment on "चरिकोटका दुई सहकारी एकिकरण हुने"