चरिकोट (दीस) – डिभिजन वन कार्यालय दोलखामा कार्यरत डिभिजन वन अधिकृत सन्तमाया श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत, काठमाडौंमा मुद्धा दायर गरेको छ ।
श्रेष्ठलाई काठ व्यापार गर्ने व्यापारीहरुसँग घुस लिएको आरोप अख्तियारले मुद्धा दायर गरेको हो ।उनलाई केही समय अघि घुस रकम सहित सरकारी गाडीमा दोलखाबाट काठमाडौं जाँदै गर्दा भक्तपुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको थियो । बन अधिकृत श्रेष्ठले कार्यालयबाट सेवा लिएका काठ व्यवसायीहरूसँग बिभिन्न बरबहानामा घुस रकम लिएको अभियोगमा मुद्धा दायर गरिएको अख्तियारका प्रबक्ता प्रदिप कोइरालाले जानकारी दिए । श्रेष्ठले दुई लाख तीन हजार पाँच सय रुपैयाँ घुस रकम लिएकोले आज मुद्धा दायर गरिएको प्रबक्ता कोइरालाले बताए ।
Be the first to comment on "घुस सहित पक्राउ परेकी डिभिजन वन दोलखाकी प्रमुख श्रेष्ठ विरुद्ध मुद्धा दायर"