दीक्षण समाचार
चरिकोट, असोज १२
डिभिजन वन कार्यालय दोलखाले घाइते चितुवालाई उद्धार गरेको छ । भीमेश्वर नगरपालिका वडा नं. ८ स्थित जङ्गलमा घाइते अवस्थामा चितुवा भेटिएपछि कार्यालयबाट खटिएको प्राविधिक टोलीले सो चितुवाको उद्धार गरेको हो
कार्यालय प्रमुख थिरबहादुर कार्कीले सूचना प्राप्त हुना साथ गुप्त बहादुर बस्नेतको नेतृत्वमा गएको प्राविधिक टोलिले चितुवाको उद्धार गरेको बताउनु भयो । उद्धार गरिएको घाइते चितुवालाई उपचार गरी जङ्गलमा छाडिने उहाँले सुनाउनु भयो ।
Be the first to comment on "घाइते चितुवाको उद्धार"