घरवेटी र मन्त्रीलाई कारबाही गर्न माग

दीक्षण समाचार
चरिकोट, असार १७
जातीय छुवाछुत प्रकरणमा मुछिएका शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई तुरुन्तै कडा कारबाही हुनुपर्ने माग गरिएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला समितिले श्रेष्ठलाई मन्त्री पदबाट तुरुन्तै बर्खास्त गरी कानुन बमोजिम कारबाही हुनुपर्ने माग गरेको हो । समितिले यो सहित विभिन्न राख्दै बिहीबार दोलखाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पाँच बुँदे ज्ञापन पत्र बुझाएका छन् । समितिका अध्यक्ष दिपक धनुकेद्धारा हस्ताक्षिरीत ज्ञापनपत्रमा छुवाछुत गर्नेलाई संरक्षण गरी दलित समुदायमाथि विभेद गरेको भन्दै मन्त्री श्रेष्ठ र जाातको आधारमा सञ्चारकर्मी रुपा सुनारलाइ डेरा नदिने घरवेटी सरस्वती प्रधानलाई कारबार्ही गर्नुपर्ने, रुपा सुनारको सुरक्षाको उचित व्यवस्था हुनुपर्ने माग उल्लेख गरिएको छ । त्यसैगरी देशका विभिन्न ठाउँमा डेरा दिँदा तथा लिँदा दलित समुदायले समस्या भोग्नुपरेको हुँदा कोठा भाडा सम्बन्धी कानुन निर्माण गर्न समेत माग गरिएको छ । व्यावहारिक रुपमा छुवाछुत अन्त्य गरिनुपर्ने र दलित समुदायको उत्थान, विकासमा र समृद्धिका लागि विषेश काम गरिनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।कार्यक्रममा  नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय उपमहासचिब घनश्याम रिजाल, टेक घतानी, कुल बहादुर बिक, ईश्वर नेपाली, समन सुनाम, अनिल रिजाल, भिमशेन नेपाली, हरिकृष्ण नेपाली, डोल बहादुर नेपाली लगायतको उपस्थितिमा ज्ञापन पत्र बुझाइएको अध्यक्ष धनुकेले बताए । सञ्चारकर्मी रुपमा सुनारलाई जातको आधारमा डेरा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती प्रधानलाई मन्त्री श्रेष्ठले प्रहरीलाई प्रभावित पारी छुटाएर झन्डावाल गाडीमा लिपm्ट दिएका थिए । ती मन्त्रीले सत्ता, शक्ति र पदको दुरुपयोग गरी जातीय विभेद र छुवाछुत गरेको भन्दै विभिन्न जिल्लामा कारबाहीको मागसगैँ उनको पुत्ला दहनका साथै आन्दोलन समेत हुँदै आएको छ ।

Shares

Be the first to comment on "घरवेटी र मन्त्रीलाई कारबाही गर्न माग"

Leave a comment

Your email address will not be published.


*