घरबाटै बिक्छन् फोहोर, कस्ता फाेहाेर कतिमा बिक्छन् ?

साउन १५, २०७५

काठमाडौँ – तपाईंका घरमा दैनिक एक किलोभन्दा बढी फोहोर उत्पादन हुन्छ ? फोहोरका रूपमा के–के फाल्ने गर्नुभएको छ ? प्लास्टिक, सिसा, फलामका टुक्रा ? वा कुहिने फोहोर र बासी खाना पनि ?

यिनलाई छुट्याउने र टोलछिमेक मिलेर संकलन गरेर राख्ने हो भने सबै बिक्छन् । काठमाडौंमा यस्ता संघसंस्था छन्, जसले घरमै आएर फोहोर किन्छन् ।
फोहोर बजारमा विद्युतीय फोहोरको मूल्य सबभन्दा महँगो छ ।

विद्युतीय फोहोर प्रतिकिलो १२ रुपैयाँ, सिसाका टुक्रा प्रतिकिलो ३ रुपैयाँ र जुत्ता तथा कपडा प्रतिकिलो २ रुपैयाँमा बिक्री हुने गरेका छन् ।

फोहोरमैला व्यवस्थापन संघमातहतका संस्थाहरू केही वर्षदेखि यसमा सक्रिय छन् । पछिल्लो समय खाली सिसी, कवाडी डट नेट र डोको नामका अनलाइट प्लेटफर्मले पनि फोहोरको कारोबार गरिरहेका छन् ।

यिनको वेबसाइटमा कुन फोहोरको मूल्य कति भनेर दरसमेत राखिएको छ । डोकोले नकुहिनेखाले सबै फोहोर किन्छ । खाली सिसीले पानी तथा अन्य पेयपदार्थका बोत्तल लिन्छ । कवाडी डटकमले फलाम र धातुजन्य फोहोर घरमै आएर किन्छ ।

टेकुस्थित एकीकृत पुन:प्रयोगीय वस्तु संकलन तथा प्याकेजिङले पनि घरघरबाट छुट्याइएको फोहोर संकलन गर्दै आएको छ । यो संस्थाले उपत्यकाबाट दैनिक तीन ट्रक (करिब २ टन) फोहोर उठाउने गरेको छ । तीमध्ये एक ट्रक काम लाग्ने वस्तु छानेर बेच्ने गरेको संस्थाका प्रबन्धक रघुनन्द तामाङले बताए । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

Shares

Be the first to comment on "घरबाटै बिक्छन् फोहोर, कस्ता फाेहाेर कतिमा बिक्छन् ?"

Leave a comment

Your email address will not be published.


*