घट्यो शेयर बजार

काठमाडौँ, २९ जेठ (रासस) ः सोमबार केही बढेको शेयर बजार आज भने सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १.९३ बिन्दुले घटेर एक हजार २३९.२६ बिन्दुमा पुगेको छ ।  यस्तै ‘क’ वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.६४ बिन्दुले घटेर २६०.४७ बिन्दुमा पुगेको छ ।  आज कूल १६० कम्पनीको नौ लाख ४७ हजार ३९३ कित्ता शेयर रु २९ करोड ९० लाख ९३ हजार ५७९ मूल्यमा खरिद बिक्री भएको छ ।  स्टकका अनुसार तीन उपसमूहको शेयर भने बढेको छ । फाइनान्स समूह २.१५, बीमा १.५९ र उत्पादन समूह ५.१२ बिन्दुले बढ्दा बैंकिङ २.९, होटल १४.५९, विकास बैंक ०.४७, जलविद्युत् २.२५, माइक्रोफाइनान्स १.१६ र अन्य समूहको शेयर भने स्थिर रहेको छ ।
–––

Shares

Be the first to comment on "घट्यो शेयर बजार"

Leave a comment

Your email address will not be published.


*