दीक्षण समाचार
चरिकोट, पुस २९
ग्रामीण विकास टुकी संघ दोलखामा नयाँ नेतृत्व चयन भएको छ । संघको बिसौँ साधारणसभा तथा आठौँ अधिवेशनले मकरध्वज पाख्रिनको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो । बुधबार भएको मतदान परिणामअनुसार प्रतिस्पर्धी रिने शेर्पालाई दुई तिहाइ मतान्तरले पराजित गर्दै पाख्रिन अध्यक्षमा विजयी हुनुभएको हो । बुधबार सम्पन्न निर्वाचनमा कुल १९ मत खसेकोमा अध्यक्ष पदमा पाख्रिनले १२ मत पाउनु भयो, भने शेर्पाले ६ मत पाउनुभएको थियो । १ मत भने रद्द भएको निर्वाचन समितिले जनाएको छ । महासचिवमा रघुनाथ उप्रेती विजयी हुनुभएको छ । उहाँले शोभा पोखरेललाई पराजित गरी विजयी हासिल गर्नुभएको हो । उप्रेतीको पक्षमा १३ मत र पोखरेलको पक्षमा ५ मत खसेको थियो । अध्यक्ष र महासचिवमा पदमा निर्वाचन भएपनि अन्य पदाधिकारी सर्वसम्मत चयन हुनुभएको छ । उपाध्यक्ष पदमा लालबहादुर घिसिङ, सचिवमा खड्गकुमारी गुरुङ, कोषाध्यक्षमा बद्री बहादुर कटुवाल सर्वसम्मत चयन हुनुभएको छ । दुर्गादेवी पाठक, गङ्गा बहादुर बुढाथोकी, विष्णु सापकोटा, छविमाया थामी, तारा खड्का लगायत १९ जना कार्यसमिति सदस्यमा सर्वसम्मत चयन हुनुभएको संघका कार्यकारी निर्देशक पुरुषार्थ श्रेष्ठले बताउनुभयो ।
Be the first to comment on "ग्रामीण विकास टुकी सङ्घमा नयाँ नेतृत्व"