ग्रन्थ वेचविखन गर्न खोजेको आरोपमा तीन जनालाई पक्राउ

चरिकोट–जिल्ला प्रहरी कार्यलय दोलखाले ग्रन्थ वेचविखन गर्न खोजेको आरोपमा तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्ने भिमेश्वर नगरपालिका वडा नम्वर ३ का शिवहरी थापा, टेक थामी ,उद्धव गौतम रहेका छन । छालामा लेखिएको अष्टहस्रिका प्रज्ञा परमिता ग्रन्थ बिचका ४९ पाना सहित उनीहरुलाई असोज १० गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय दोलखाका प्रमुख प्रहरी नायव उपरिक्षक बासुदेव पाठकले जानकारी दिए । ग्रन्थ १०० बर्ष पुरानो भएको त्यसको मुल्य १९ लाख ६० हजार पर्ने पनि उपरिक्षक पाठकले बताए ।

Shares

Be the first to comment on "ग्रन्थ वेचविखन गर्न खोजेको आरोपमा तीन जनालाई पक्राउ"

Leave a comment

Your email address will not be published.


*