चरिकोट (दीस) –कोरोना संक्रमणको महामारीको कारण व्यबसायमा असरको भन्दै गौरीशंकर सामुदायिक पुस्तकालयल बन्द भएका पसल र होटलहरूको भाडा २ लाख ३ हजार ४ सय छुट गरेको छ। कोरोनाको कारण लकडाउनबाट पिडामा परेका ब्यापारी ,घर भाडामा बस्ने नागरिक घरभाडा बापतको डेढ महिनाको घर छुट गरेको गौरीशंकर सामुदायिक पुस्तकालय चरिकोटका अध्यक्ष कृष्णबहादुर बस्नेतले बताए।
।सोमबार पुस्तकालयमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा ,गणपति निखिल कुभर ,प्रहरी नायव उपरीक्षक रेवतिरमण पोखरेल, शसस्त्र प्रहरी नायव उपरीक्षक मोहन वस्नेत , गौरिशंकर सामुदायिक पुस्तकालय का सचिव नवराज न्यौपाने , कोषाध्यक्ष होम पाठक ,र संचारकर्मीहरूको उपस्थितिमा राज्यको नीति अनुरुप डेढ महिना भाडा पुस्ताकलयले छुट गरेकोे छ । पुस्तकालयको छुटको घोषणाले केही भए पनि राहत मिलेको ब्यापारी यज्ञ सापकोटाले बताए ।
Be the first to comment on "गौरीशंकर सामुदायिक पुस्तकालयले २ लाख घर भाडा छुट दिने"