गोरू काटेको अभियोगमा एक जना पक्राउ

चरिकोट(दीस) –जिल्ला प्रहरी कार्यालय दोलखाले गोरू काटेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिरी नगरपालिका वडा नं. ३ काप्साका बर्षका २४ को मिङमा शेर्पा रहेका छन् । मासु खाने उदेश्यले गोरू काटेकोले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकारी प्रहरी निरीक्षक रूक्शा बज्राचार्यले जानकारी दिइन । शेर्पाको साथबाट गोरुको मासु तथा गोरूको खुट्टा फेला पारेको उनले जानकारी दिइन् ।

Shares

Be the first to comment on "गोरू काटेको अभियोगमा एक जना पक्राउ"

Leave a comment

Your email address will not be published.


*