गोरु पाल्नेलाई अनुदान

सिन्धुपाल्चोक(दीस)ः सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाले गोरु पाल्ने किसानलाई अनुदान दिएको छ । गाउँपलिकाकाले पालिका भित्रका सात सय ७६ कृषकलाई प्रोत्साहनस्वरुप रु १० हजार अनुदान दिएको हो ।
पालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी जैविक कृषिलाई प्रवद्र्धन गर्ने उदेश्यका साथ जनतासँग नगर प्रमुख कार्यक्रममार्फत कृषकलाई अनुदान वितरण गरेको नगरप्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनु भयो ।
भौगोलिक अवस्थाका कारण ट्र्याक्टर सबै ठाउँमा लैजान नसक्ने भएका कारण गोरुपालक कृषकलाई अनुदान रकम प्रदान गरिएको प्रमुख बस्नेतको भनाई छ । किसानले अनुदान लिनका लागि गोरुको अनिवार्य बीमा भने गरेको हुनु पर्नेछ । अनुदानका लागि नगरपालिकाले आर्थिक वर्ष २०७९–८० कालिागि रु दुई करोड ५० लाखभन्दा बढी रकम विनियोजन गरेको छ ।

Shares

Be the first to comment on "गोरु पाल्नेलाई अनुदान"

Leave a comment

Your email address will not be published.


*