चरिकोट– दोलखामा कार्यरत गैर सरकारी संघ संस्थाहरुको आइतबार वार्षिक समिक्षा गरिएको छ । हुराडेक नेपालसँगको सहकार्यमा जिल्ला समन्वय समितिले अयोजना गरेको कार्यक्रममा संघसंस्थाहरुको कार्य सम्पादनको समिक्षा गरिएको हो । समिक्षा कार्यक्रममा समन्वय समिति प्रमुख डबल पाण्डेले गैर सरकारी संघसंस्थाहरुले कोरोना रोकथाम तथा न्यूकिरणको लागि सचेतना कार्यक्रमको साथै उपचारात्मक कार्यमा दिएको योगदान तथा सघाउ कार्य प्रशंसनीय रहेको बताउनुभयो । उहाँले पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनी स्थानीय सरकारसँगको सहकार्यमा सामाजिक तथा आर्थिक विकासमा हातेमालो गर्न गैर सरकारी संघसंस्थाहरु सधैँ तयार हुनुपर्ने बताउँदै स्थानीय सरकार र नागरिक समाजले गैर सरकारी संघ संस्थालाई सधैँ सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रमको पहिलो चरणमा स्थानीय सरकार र नागरिक समाजको सहकार्य सम्बन्धि छफलफल गरिएको थियो । छलफलमा नागरिक समाजले नागरिकको हितमा कार्य गर्न सरकारलाई खबरदारी गर्नुपर्ने तथा सरकारले नागरिक समाजको कुरो सुन्नुपर्ने विषयमा केन्द्रित भएको थियो । छलफलपछि गैर सरकारी संघ संस्थाले गत आर्थिक वर्ष २०७७÷०७८ मा सञ्चालन गरेका कार्यक्रम तथा योजना र त्यसबाट नागरिकमा भएको परिवर्तन तथा उपलब्धिको चर्चा गरेका थिए । कार्यक्रममा हुराडेक नेपाल, आवाज नेपाल, वान हार्ट नेपाल, ग्रामीण विकास टुकी संघ, सामुदायिक विकास मञ्च, नामसालिङ विकास केन्द्र, एनआएन लगायत १० भन्दा बढी संघ संस्थाले चर्चा गरेको आयोजकले जनाएको छ । कार्यक्रममा आरीडिसी, सामुदायिक वन उपभोक्ता महासंघ, अपाङ्ग तथा दृष्टि विहीन समुदाय सेवा संघ लगायत केही संघसंस्थाहरुले समन्वय समितिको निमन्त्रणा अस्विकार गरी उपस्थित नभएकोले ती संस्थाहरुको अनुगमन गर्ने समितिले जनाएको छ । समिक्षा कार्यक्रममा जिरी नगरपालिकाका नगर प्रमुख टंक जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी, गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वयम बहादुर खड्का, कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विन कुमार थामी, बैतेश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्य, पत्रकार चिरञ्जीवी मास्के लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
गैरसरकारी संस्थाको समिक्षा कार्यक्रम सम्पन्न
Posted By: दीक्षण दैनिक ११ आश्विन २०७८, सोमबार १४:२६
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १९:३४
ePAPER 2081/08/07
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "गैरसरकारी संस्थाको समिक्षा कार्यक्रम सम्पन्न"