गाम्रिण उद्यम विकास केन्द्रले कालिन्चोक गाउँपालिकालाई विभिन्न समाग्री हस्तान्तरण ग¥यो

चरिकोट (दीस) – गाम्रिण उद्यम विकास (आरईडिसी )दोलखाले कालिन्चोक गाउँपालिकालाई बिभिन्न समाग्री हस्तान्तरण गरेको छ । केन्द्रका सचिब हेमन्त चौलागाईले पालिकाकी उपप्रमुख कालिका पाठकलाई ७१ हजार बराबरको सामान आज हस्तान्तरण गरेका छन् । सिंगटीमा रहेका क्वारेन्टाइनमा रहेका २३ जनालाई बस्न सजिलो होस भनेर १६ थान फाइबर सिरक ,५ थान कमल तथा ५ वटा फिल्टर हस्तान्तरण गरिएको संस्थाका सचिब चौलागाईले जानकारी दिए । क्रिचियन एड आर्थिक सहयोग तथा केन्द्रको समन्वयमा उक्त सहयोग गरिएको उनले बताए । समान बुझ्दै पालिकाकी उपप्रमुख पाठकले सवैको सहकार्यले कोरोना रोकथाम हुने बताइन । हाल सो पालिकाको सिंगटीको क्वारेन्टाइनमा २३ जना बसेका छन् । उनीहरु सवैलाई खाना र तथा बस्न कालिन्चोक गाउँपालिकाले व्यवस्थापन गरेको छ ।

Shares

Be the first to comment on "गाम्रिण उद्यम विकास केन्द्रले कालिन्चोक गाउँपालिकालाई विभिन्न समाग्री हस्तान्तरण ग¥यो"

Leave a comment

Your email address will not be published.


*