गाउँपालिका अध्यक्षमाथी भएको दुव्र्यवहारको गाउँपालिका राष्ट्रिय महासंघ नेपालद्धारा भत्र्सना

दीक्षण समाचार
चरिकोट, भदौ १३
दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठप्रति स्थानीयले गरेको दुव्र्यवहारको गाउँपालिका राष्ट्रिय महासंघ नेपालले भत्र्सना गरेको छ । महासंघका अध्यक्ष ईश्वर चन्द्र पोखरेलद्धारा हस्ताक्षरित एक प्रेश विज्ञप्ती जारी गरी सडकको विषयमा गाउँपालिका अध्यक्ष माथी स्थानीयले गरेको दुव्र्यहारको भत्र्सना गरिएको हो । सडकको अवस्थाको कारण देखाई जनप्रतिनिधिलाई नियोजित रुपमा दुव्र्यवहार गरिनु निन्दनीय घटना रहेको भन्दै दुव्र्यवहारमा संलग्न व्यक्तिलाई महासंघले कानुनी कारबाहीको माग समेत गरेको छ ।
लगातार वर्षाका कारण राष्ट्रिय राजमार्ग तथा सहायक राजमार्गहरुमा समेत आवागमन बन्द हुने गरेको समयमा गाउँपालिका भित्रका कतिपय सडकहरु बाढी पहिरोको कारण अवरोध हुनु स्वभाविक नै हो । यद्धपी गाउँपालिकामा बाह्रै महिना यातायात सञ्चालन हुने गरी सडक स्तरोन्नीको काम भईरहेको छ । तर अथक प्रयास जारी रहेपनि जनप्रतिनिधिप्रति आक्रोषित भई दुव्र्यवहार गरिनु अराजकताको पराकाष्ठा भएको बताइएको छ । दुव्र्यवहारमा संलग्नलाई कारबाहीका साथै जनप्रतिनिधिलाई निर्वाद रुपमा नागरिकको सेवामा रहने वातावरण बनाई शान्ति सुरक्षा कायम गर्न नेपाल सरकार समक्ष ध्यानाकर्षण गराइएको प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ । शनिबार वडा नम्बर ३ स्थित मुकुनेबाट बिरामी भएका जनक बहादुर तामाङलाई सडकको दुरावस्थाका कारण अस्पताल लैजान समस्या भएको भन्दै स्थानीयले पालिका अध्यक्ष श्रेष्ठलाई दुव्र्यवहार गरेका थिए ।

Shares

Be the first to comment on "गाउँपालिका अध्यक्षमाथी भएको दुव्र्यवहारको गाउँपालिका राष्ट्रिय महासंघ नेपालद्धारा भत्र्सना"

Leave a comment

Your email address will not be published.


*