गर्भवतीलाई मास्क सहित पोषण सामाग्री

दीक्षण समाचार
चरिकोट, साउन ३०
दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ का ४२ जना गर्भवतीलाई शुक्रबार पोषण सामाग्री वितरण गरिएको छ । धुलिखेल अस्पतालद्धारा सञ्चालित दोलखा अस्पतालको सामुदायिक स्वास्थ्य सहयोग कार्यक्रममार्फत गर्भवतीलाई पोषण सामग्री वितरण गरिएको हो ।
नगर प्रमुख भरत केसी र वडाध्यक्ष विराजमान श्रेष्ठले संयुक्त रुपमा पोषण सामाग्री हस्तान्तरण गरेका थिए । प्रतिव्यक्ति २५ केजी चामल, २ केजि केराउ, २ केजि चना, २ केजि नुन, २ लिटर तेल, माक्स र हात धुने र कपडा धुने साबुन वितरण गरिएको हो । कोरोना महामारीको कारण पोषण अवस्थामा परेको प्रभाव न्युनिकरण गर्न र पोषण स्थिति सुधारका लागि पोषण सामाग्री वितरण गरिएको बताइएको छ । सोही क्रममा अस्पतालमा डाक्टर स्वेता महत्तो र सुदिप अधिकारीले सुनौला हजार दिनको आमाको भूमिका, समस्या र समाधानको विषयमा जानकारी दिएका थिए ।

Shares

Be the first to comment on "गर्भवतीलाई मास्क सहित पोषण सामाग्री"

Leave a comment

Your email address will not be published.


*