गर्जाङ खिम्ती प्रशारण लाइन तयार

Electricity Pylons at sunset on background

चरिकोट÷गर्जाङःन्यू खिम्ती १३२ केभी डबल सर्किट प्रसारण लाईनको निर्माण समाप्त भएको छ । निर्धारित समय भन्दा तीन वर्षपछि सो प्रसारण लाईन को निर्माण समाप्त भएको हो । रामेछाप जिल्लाको गोकुल गंगा गाउँपालिकाको गर्जाङबाट सुरु भई रामेछाप जिल्लाकै मन्थली नगरपालिकाको फूलासीमा रहेको न्यू खिम्ति सब स्टेशनसम्म ३१ किमी लामो प्रसारण लाइन निर्माण सकिएको गर्जाङ न्यू खिम्ति प्रशासरण लाइन आयोजनाका आयोजना प्रमुख अनुप गौतमले जानकारी दिनु भयो । खिम्तिखोला तथा लिखु खोला आसपासका क्षेत्रमा निर्माण गरिएका तथा गरिने जलविद्युत आयोजनाबाट उत्पादित विद्युत न्यूखिम्ति सब स्टेसनसम्म ल्याउनकालागि सो प्रसारणलाईनको निर्माण गरिएको हो । ३१ किलोमिटर लामो सो प्रसारण लाईनमा २०५ वटा टावर रहेका छन् । आयोजना अन्तर्गत गर्जाङमा १३२ केभीको नयाँ सबस्टेसन र न्यू खिम्ती सबस्टेसनमा १३२ केभीको ‘वे’ निर्माण गरिएको छ । गर्जाङ सबस्टेसनमा १३२÷३३ केभी, ३० एमभिए र ३३÷११ केभी ६÷८ एमभिए क्षमताका थ्री फेज पावर टूान्सफर्मरहरू जडान गरिएको छ । आगामी दिनमा गर्जाङ सबस्टेसनबाटै स्थानीय उपभोक्ताहरुलाई विद्युत् दिइने बताइएको छ । यसबाट सो क्षेत्रको विद्युत् आपूर्ति पनि भरपर्दो र गुणस्तरीय हुने भएको छ । प्रसारण लाइनको क्षमता २ सय मेगावाट रहेको छ । प्रसारण लाइन आयोजनाको प्रारम्भिक कार्य आर्थिक वर्ष २०६७÷६८ बाट सुरु भएको थियो । निर्माण लागि पिङगाओ ग्रुप कम्पनी, चीनसँग २ वर्षमा पूरा गर्ने गरी २०७३ माघमा ठेक्का सम्झौता गरिएको थियो । उपल्लो खिम्ती र माथिल्लो खिम्ती आयोजनाका प्रवद्र्धक हिमालय ऊर्जा विकास कम्पनीका प्रवद्र्धकहरू सम्बद्ध फ्रेन्डसीप इन्जिनियरिङले सब कन्टूयाकमा काम जिम्मा लिएको थियो । जग्गा विवाद, कोभिड १९ का कारण भएको लकडाउन तथा ठेकेदारको ढिलासुस्तीले आयोजनाको काम ४ वर्ष ढिला सकिएको हो । प्रसारण लाइन तयार भएपछि गर्जाङमा तयार भएको १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको उपल्लो खिम्ती दोस्रो जलविद्युत आयोजनाबाट उत्पादित विद्युत र ३ मेगावाटको चाके खोलाको विद्युत तत्कालै प्रवाह हुने छ ।यो प्रसारण लाइन निर्माण नहुँदा खिम्तीका यी ३ वटै आयोजनाको विद्युत् जिरी(चरिकोट–सिंगटी ३३ केभी प्रसारण लाइन मार्फत प्रवाह भइरहेको छ । केही वर्षमै निर्माणाधिन ४८ मेगावाटको खिम्ती २ र लिखु खोलामा निर्माणाधीन आयोजनाहरुको निर्माण सम्पन्न भएपछि ति आयोजनाबाट उत्पादित विद्युत पनि यसमा जोडिने छन् ।

Shares

Be the first to comment on "गर्जाङ खिम्ती प्रशारण लाइन तयार"

Leave a comment

Your email address will not be published.


*