दोलखामा गत आर्थिक वर्ष सवारी दुर्घटनामा १२ जनाको मृत्यु

ईश्वर बिश्वकर्मा चरिकोट, साउन ३ दोलखामा सवारी दुर्घटना परि १२ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७६÷०७७ मा सवारी दुर्घटनामा ७ पुरुष, २ महिला, २ बालक र १ बालिका गरि १२ जनाको मृत्यु भएको हो । त्यस्तै २५ पुरुष र १ बालक गरि २६ जना गम्भिर घाइते भएका छन् । सामान्य घाइते १६ पुरुष, ५ जना महिला, २ बालक, १ बालिका गरि २४ सामान्य घाइते भएका जिल्ला ट्राफिक कार्यालय दोलखाले जनाएको छ ।

ट्राफिक नियम उल्लङ्घन गर्ने मोटर साइकल धेरै

जिल्लामा गत आर्थिक वर्ष ट्राफिक नियम उल्लङ्घन गर्ने मोटर साइकल धेरै रहेका छन् । कार्यालयको तथ्याङ्क अनुसार १ हजार ३ सय ५६ मोटरसाइकल कारवाहिमा परेका छन् । जसबाट ९ लाख ६० हजार ५ सय रुपैयाँ संकलन भएको ट्राफिक प्रहरी हल्वदार जगदिश कार्कीले बताए । ४ सय ८४ बसलाई कारवाहि गर्दा ३ लाख ६० हजार ५ सय रुपैँया राजस्व संकलन भएको छ । १ हजार ३ सय ४२ ट्रक कारबाहीबाट ९ लाख ४७ हजार ५ सय, १ हजार ८४ कार, जिप, भ्यान, बोलेरो कारबाहीबाट ८ लाख ४१ हजार ५ सय रुपैयाँ राजश्व संकलन उनले बताए । त्यसैगरि २ सय ७८ वटा ट्याक्टरलाई कारवाहिमा परेका थिए । जसबाट २ लाख १५ हजार ५ सय रुपैयाँ र अन्य २ वटा सवारी साधनलाई कारवाहि गर्दा एक हजार रुपैया राजस्व संकलन भएको थियो । ५ हजार ६ सय ८५ सवारी साधनलाई कारबाही गर्दा ३३ लाख २६ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको ट्राफिक प्रहरी हवल्दार कार्कीले बताए । अघिल्लो आर्थिक वर्षको तुलनमा गत आर्थिक वर्ष ट्राफिक उल्लघंन कम भएकोले राजस्व संकलनमा पनि कमी भएको उनले बताए । ट्राफिक नियम सम्बन्धी सचेतनाको कारण जिल्लामा ट्राफिक नियम पालना गर्ने बढेका छन् ।

Shares

Be the first to comment on "दोलखामा गत आर्थिक वर्ष सवारी दुर्घटनामा १२ जनाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*