खिम्ती २ जलविद्युत आयोजनाको निर्माण तीब्र

नवराज शिवाकोटी, चरिकोटः दोलखा जिल्लामा निर्माणाधिन ४८ दशलब ८ मेघावाटको खिम्ती २ जलविद्युत आयोजनाको निर्माण तीब्र गतिमा भइरहेको छ । पिपुल्स इनर्जी लिमिटेडद्वारा निर्माण भइरहेको सो आयोजनाको काम तिब्र गतिमा भइरहेको हो ।
आयोजनाको बाँध, सुरुङ, विद्युतगृह लगायतका सबै संरचनाहरुको काम समान रुपमा तिब्र गतिमा काम भईरहेको अयोजनाका जनसम्पर्क अधिकृत हरिशरण अधिकारीले जानकारी दिनुभयो । २०८१ साल भित्र आयोजना सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाई रहेको छ । आयोजनाको भौतिक प्रगति ७० प्रतिशत भन्दा बढी पुगेको उहाँको दावी छ । आयोजनामा मुख्य सुरुङ, भर्टिकल साफ्ट (ठाडो सुरुङ) तथा काम गर्नका लागि विभिन्न स्थानमा सहायक सुरुङसहित आठ हजार ३०५ मिटर सुरुङ निर्माण गर्नु पर्ने हुन्छ । अब करिब एकहजार छ सय ९० मिटर सुरुङको निर्माणको काम मात्र अव बाँकी रहेको आयोजनाले जनाएको छ । हाल हेडवक्स अन्तर्गत बाँध तथा डिसेल्टीङ (बालुवा थिग्राउने पोखरी) को काम द्रुत गतिमा भइरहेको छ । यसैगरी सुरुङको काम पनि एकैसाथ भइरहेको छ । सुरुङ भित्र पेनस्टकको काम पनि भइरहेकोे छ । आयोजनाको सुरुङमा कुल एक किलोमिटर पेनस्टक पाइप जडान गर्नु पर्ने हुन्छ । पेनस्टक आयात गर्न समय लाग्ने भएकोले विद्युत गृृह निकट स्टिल पाता ढुवानीगरी पेनस्टक निर्माणको कार्य तिब्र गतिमा भइरहेको छ । विद्युतगृह भवन निर्माणको काम भने अन्तिम चरणमा पुगेको अयोजनाले जनाएको छ । विद्युत गृह निर्माण सम्पन्न भएपछि विद्युत ग.ृहमा जेनेरेटर लगायतका उपकरणहरु जडानको काम सुरु हुने छ ।
पिपुल्स इनर्जि लिमिटेड प्रबर्धक रहेको आयोजनाको सिभिल संरचनाको काम हाईहिमाल हाइडूो कन्सट्रक्सन, हाइड्रो मेकानिकलको काम क्रिम हाईड्रो पावर तथा गेट निर्माणको काम गेट सिविएम नामक भारतीय कम्पनी ले गर्ने छ । यस्तै ईलेक्ट्रो मेकानिकलको काम अष्ट्रियन कम्पनी ग्लोवल हाइड्रोले गर्ने छ ।
जिरी नगरपालिकाको धारापानीमा हेडवक्स रहेको खिम्ति खोलामा निर्माणाधिन जलविद्युत आयोजनाको विद्युतगृह भने तामाकोशी गाउँपालिका वडा नम्बर ७ पलाँतेमा निर्माणाधिन रहेको छ । हेडवक्सबाट सुरुङ तथा पेनस्टक मार्फत विद्युत गृहमा पानी पठाई तीनवटा जेनेरेटर मार्फत विद्युत उत्पादन गरिने आयोजनाका जन सम्पर्क अधिकृत अधिकारीको भनाई रहेको छ । आयोजनाबाट उत्पादित विद्युत विद्युतगृहबाट दुई किलोमिटर टाढा रहेको रामेछाप जिल्लाको भिमसेन थानसम्म प्रसारण लाईनको निर्माण गरी गर्जाङ–खिम्ति १३२ केभी प्रशारण लाईन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । आयोजनाको अनुमानित लागत ८ अर्ब ६४ करोड रहेको छ । आयोजनामा सानिमा बैंङ्कको नेतृत्वमा विभिन्न बैंङ्कहरुले ऋण लगानी गरेका छन् ।

Shares

Be the first to comment on "खिम्ती २ जलविद्युत आयोजनाको निर्माण तीब्र"

Leave a comment

Your email address will not be published.


*