खावामा बोलेरो दुर्घटना हुँदा एक जनाको ज्यान गयो

चरिकोट– बैत्यश्वर गाउँपालिका खावामा बोलेरो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । त्यसैगरी सो दर्घटनामा परि ३ जना घाइते भएका छन् । दुर्घटनामा परि बोलेरो चालक जिरी नगरपालिका ९ ठूलोपातलकासुवास तमाङको मृत्यु भएको हो । वैत्यश्वर गाउँपालिका वडा नम्वर ७ मार्वुबाट धानको भुस लिएर जिरी नगरपालिका वडा नम्वर ९ तर्फ जाँदै गरेको बा १३ च ६१९६ नम्बरको बोलेरो आज बिहान करिव ४ बजे खावा डाँडा नजिकै दुर्घटना भएको दोलखा प्रहरीले जनाएको छ । दुर्घटनामा परि जिरी नगरपालिका वडा नम्वर ९ का २० वर्षीय मङ्गले तमाङ, ५२ वर्षीय दिल बहादुर तमाङ र वैत्यश्वर गाउँपालिका १ गैरीमुदीका ५५ वर्षीय कर्ण बहादुर तमाङ घाइते भएको प्रहरी बताएको छ ।

Shares

Be the first to comment on "खावामा बोलेरो दुर्घटना हुँदा एक जनाको ज्यान गयो"

Leave a comment

Your email address will not be published.


*