खारे माविको ५३ औँ वार्षिक उत्सव सम्पन्न

चरिकाेट, फागुन १३
दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ८ खारेमा अवस्थित खारे माविको ५३ आँै बार्षिक उत्सव तथा अभिभावक दिवस बिहीबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवत बहादुर बुढाथोकीको अध्यक्षतामा भएको वार्षिक उत्सव तथा अभिभावक दिवसको समारोहको उद्धघाट्न पालिका अध्यक्ष सोयम बहादुर खड्काले गरे । समारोहको उद्धघाटन गर्दैअध्यक्ष खड्काले गाउँपालिकाको शैक्षिक गुणस्तर वृद्धिका लागि गाउँपालिकाले बजेट विनियोजन गरेर योजनाबद्ध काम गरिरहेको बताए । सामुदायिक विद्यालयको शिक्षा गुणस्तर बृद्धिका लागि शिक्षक तथा विद्यार्थी मात्र नभई अभिभावकको पनि अहम भुमिका रहने उनले धारणा व्यक्त गरे । वार्षिक उत्सव तथा अभिभावक दिवस समारोहमा पत्रकार तथा बशिस्ठ थापा स्मृति प्रतिस्ठानको अध्यक्ष बलराम थापाद्वारा चार जना र रत्नधर्म प्रतिष्ठानको तर्फबाट पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । विद्यालयमा हाल तिन वटा भवन, सुविधासम्पन्न बालमैत्री शौचालय, कम्प्युटर ल्याब, लाइब्रेरी रहेको र चौतर्फी निगरानीको लागि सिसी टिभी क्यामेरा जडान गरिएको प्रधानाध्यापक नरेन्द्रसिंह महतले बताए । विद्यालयमा खेल मैदानको आबश्यकता रहेको र सोको परिपुर्तिको लागी स्थानीय तहसँग पहल गरिरहेको समेत उनले बताए । यसैबिच प्रधानाध्यापक महतलाई प्रशंसा पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । विद्यालयलाई उत्कृष्ट बनाउन अनवरत खट्दै आएका प्रधानाध्यापक महतलाई वशिष्ठ स्मृति प्रतिष्ठानले सम्मान गरेको हो । उनले विद्यालयले शैक्षिक प्रगतिका लागि अहोरात्र मेहेनत गर्ने विद्यार्थी, शिक्षक, व्यवस्थापन समिति र अभिभावकलाई समेत धन्यवाद दिदैँ थप गुणस्तर बृद्धिका लागि प्रतिबद्धता समेत जनाएका थिए । समारोहमा गाउपालिका उपाध्यक्ष उर्मिला थामी, माथिल्लो तामाकोसी जलविद्युत आयोजना जनसरोकार समितिको अध्यक्ष दिव्यध्वज कार्की, पत्रकार बलराम थापाले मन्तव्य व्यक्त गरेका थिए ।

Shares

Be the first to comment on "खारे माविको ५३ औँ वार्षिक उत्सव सम्पन्न"

Leave a comment

Your email address will not be published.


*