खानेपानी आयोजना कागजमा मात्रै निर्माण सम्पन्न,७१ लाख सकियो ,खानेपानी आएन

खानेपानीको लगि ल्याइएका बेवारिसे पाइपहरु । तस्विर बाबुराम शर्मा

बाबुराम शर्मा (चरिकोट) –दोलखाको मेलुङ गाउँपालिका–१ दियालेखर्क गाउँमा खानेपानीको अभावमा स्थानीयले हैरानी खैप्दै आएका छन् । गाउँका लागि भनेर आएको खानेपानी योजना पनि आयो। तर ,स्थानीयका घरका धारामा भने अहिलेसम्म पानी झरेको छैन । खानेपानी योजनाको ७१ लाख रकम कागजमा सकिसक्यो तर ,खानेपानी कहिले आउँछ संरचना नै नभएको यो योजनामा मर्मत बजेट आएको छ । खानेपानी निर्माणको २०६४ बाट सर्भे सुरु भएको थियो । सर्भेपछि २०६७ सालबाट खानीपानी निर्माण शुरु भएको दोलखाको मेलुङ गाउँपालिका– १ दियाले खर्क खानेपानी योजना बर्षेनी कागजमा मात्र सिमित छ । अझ रोचक त यो आर्थिक बर्षमा खानेपानी योजना मर्मतका लागि थप १० लाख रकम आएको छ । खानेपानी आयोजनाका लागि पाईप समेत गाडिएको छैन । तर यो योजनामा कागजमा ७१ लख रकम खर्च भएको तंथ्याकमा उल्लेख गरिएको छ । उपभोक्ता समिति र प्राविधिकको मिलेमतोमा भूकम्पछि २०७५ सालमा एक गैरसरकारी संस्थाले बनाइदिएको धारा समेत योजनाको रकमले बनेको भनेर भनिएको छ । स्थानीयहरु गाउँको खानेपानी योजनामा कति रकम आयो, कहाँ छन् यसका संरचना ? बेखवर छन् । उपभोक्ता चेत बिकले भन्नु“ भयो, रकम गोजीमा हालियो ,आँखामा छारो हालेर बनेका केही संरचना पनि जीर्ण भइसके आयोजना सम्पन्न भने हुन सकेको छैन । ” स्थानीय घण्टौं धाएर एक गाग्री पानी जोहो गरिरहेका छन् । एक करोड ३४ लाख २७ हजार रकम लागत अनुमान गरेको यो आयोजनाको संरचना र पाइपहरु कहाँ छन् कसैलाई पत्तो छैन् । योजनाबाट ५ सय५५ घरका तीन हजार बढी लाभान्वित भएको सरकारी अधिकारी बताउँछन् । वर्षेनी असार मसान्तमा मर्मतका नाममा आएको रकम भने कागजमा काम सम्पन्न भएको स्थानीयको भनाई रहेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले भने आयोजना बनिरहेको भनेर दाबी गरेको छ । “खरिद गरिएका पाइपहरु कता छन् ? भन्ने पत्तो समेत छैन । कतिपय स्थानमा फलामको पाइपहरु लथालिङग अवस्थामा फालिएको छ । हरेक वर्ष कागजमा निमार्ण भइरहेको आयोजनाको छानविन गर्न स्थानीयले पटक पटक माग गरेपनि कतै सनुवाइ भएको छैन । संरचना नबनाई कागजी मिलेमतोमा खानेपानी योजना सक्ने देखिएको छ ।” एक स्थानीयले भन्नु भयो ।

Be the first to comment on "खानेपानी आयोजना कागजमा मात्रै निर्माण सम्पन्न,७१ लाख सकियो ,खानेपानी आएन"

Leave a comment

Your email address will not be published.


*