खाडीचौर–चरिकोट सडकमा अख्तियारको आँखा

इश्वर विश्वकर्मा
चरिकोट, २८ फागुन

लामो समयदेखि अलपत्र अवस्थामा रहेको खाडीचौर चरिकोट सडकमा अख्तियारको आँखा परेको छ । २ वर्ष अघि नै पूरा हुनु पर्ने सो सडक खण्ड अहिलेसम्म कालोपत्रे हुन नसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएर अनुसन्धान थालेको छ ।
क्रम चरिकोट मंगलबार आयोजित भ्रष्टाचार र सुशासन विषयक अन्तरक्रिया कार्यक्रममा अख्तियार सचिव महेश्वर न्यौपानेले सडक विस्तार आयोजना ढिलाइ हुनको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिए । “म २ वर्ष अघि यो सडक भएर यात्रा गर्दा अलपत्र थियो, अहिले पनि केही सुधार बाहेक धेरै प्रगति देखिएन” उनले भने “२ वर्षको लामो अवधीसम्म पनि काम नहुँदा सडक विभागलाई समेत यसको प्रक्रियाको बारेमा जानकारी दिएर अहिले स्थलगत समेत अध्ययन गरेका छौं ।”
दोलखाका ९ वटै स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृृत, लेखा शाखा प्रमुख, वडा अध्यक्षहरु, जिल्लास्तरीय कार्यालय प्रमुख, गैससका प्रतिनिधिहरु सहभागी गराएर अख्तियारले यस्तो कार्यक्रम गरेको हो । कार्यक्रममा अख्तियारका सहसचिव प्रदीपकुमार कोइराला र हेटौडा कार्यालय प्रमुख हुमकला पाण्डेले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमा भ्रष्टाचारका रुपहरु भ्रष्टाचारका सम्बन्ध कसुर र सजाय, कानुनी समाधान आदिका बारेमा प्रस्तुतीकरण गरेका थिए । नेपाल विश्वमै भ्रष्ट मुलुकको सुचीमा सूचीकृत हुनु नराम्रो अवस्था भएको बताए । आयोगले भ्रष्टाचारमा दण्ड र सजाय मात्रै नभई प्रबद्र्धनात्मक र निरोधात्मक रणनीति सञ्चालन गरेको जानकारी दिए ।

Shares

Be the first to comment on "खाडीचौर–चरिकोट सडकमा अख्तियारको आँखा"

Leave a comment

Your email address will not be published.


*