दोलखाका प्रहरी प्रमुख रेवतीरमण पोखरेलको सरुवा, रिजाल आउँदै

चरिकोट (दीस) –दोलखाका प्रहरी प्रमुख रेवतीरमण पोखरेलको सरुवा भएको छ । आज गुह मन्त्रालयले गरेको सरुवामा उनको काठमाडौ स्थीत राष्ट्रीय प्रहरी प्रशिक्षण प्रतिस्ठान महारजगंन्जमा सरुवा भएको छ । उनको स्थानमा दोलखामा नयाँ प्रहरी प्रमुख भेषराज रिजाल आउने भएका छन् ।नेपाल प्रहरीका ६९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । मंगलबार साँझ प्रकाशित सरुवा सूची अनुसार कवित कटवालले जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुको जिम्मेवारी पाएका छन् । उनी हाल महानिरीक्षकको सचिवालयमा कार्यरत थिए ।सोलुखुम्बुका डीएसपी टेकुनन्द इवा लिम्बुको अपराध अनुसन्धान विभाग, नक्सालमा सरुवा भएको छ । डा. तपनकुमार दाहालले इलाका प्रहरी कार्यालय, लहानको जिम्मा पाएका छन् भने डिलबहादुर मल्ल जनसेवा प्रहरी वृत्तमा आएका छन् ।सातदोबाटोमा दिनेश घिमिरे, दमकमा नवराज कार्की, रामेछापमा नवराज ढुंगाना, चिनिमाया तामाङको बैदाम (कास्की), गोविन्दराज काफ्लेको जिल्ला प्रहरी कार्यालय, ओलखढुंगा र सन्तोष आचार्यको इलाका प्रहरी कार्यालय, अनारमनीमा सरुवा भएको छ । त्यस्तै, दोलखामा भेषराज रिजालको सरूवा भएको छ ।

 

Shares

Be the first to comment on "दोलखाका प्रहरी प्रमुख रेवतीरमण पोखरेलको सरुवा, रिजाल आउँदै"

Leave a comment

Your email address will not be published.


*