चरिकोट (दीस) –दोलखाको भीमेश्वर नगरपालिका दोलखाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का उत्कृष्ट कर्मचारीमा छनोट हुनुु भएको छ । उत्कृष्ट कर्मचारीमा छनोट गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उहाँलाई सम्मान गरेको छ । उहाँलाई नगद पुरस्कार चालीस हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।कर्मचारीको नविन सोच÷इनोभेटिभ आईडिया प्रस्तुतिका लागि प्रतिभा डबली अन्तिम चरणको छनोटमा खड्का दोस्रो उत्कृष्ट कर्मचारीको रुपमा छनोट हुनु भएको थियो ।
सरल स्वभाबका खड्काले ४ बर्षदेखी नगरपालिकाको प्रशासनतर्फ नेतृत्व प्रदान गर्दै आउनु भएको छ । उहाँलाई दोलखामा मिलनसार समन्वयकारी प्रशासकको रुपमा चिनिने गरिएको छ ।
Be the first to comment on "खड्का सम्मानित"