चरिकोट(दीस) – दोलखा बैतेश्वर गाउँपालिका ८ स्थित क्षेत्रावतीले आफनो ५३ औ बार्षिक उत्सवमा सो स्थानका स्थानीयले तीन जना अससाय बालवालिकाको अभिभावकत्व ग्रहण गरेका छन । विद्यालयको बार्षिक उत्सव कार्यक्रममा स्थानीय अगुवा तथा व्यवसायी पुष्कर अधिकारी, भरतकुमार श्रेष्ठ र शान्तवहादुर जिरेलबाट स्वर्गीय कृष्णबहादुर सार्कीका ३ जना असहाय बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै उनीहरुले बर्ष भरिको पठनपाठन खर्च स्वरुप विद्यालयलाइ २५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् ।
बार्षिक उत्सवमा समाजसेवीहरुबाट ६ लाख भन्दा बढी सहयोग गर्ने घोषणा गरेका छन । विद्यालयको ५३ औं वार्षिक उत्सव तथा २३ औं अभिभावक दिवसको अवसरमा २ लाख ४२ हजार ५ सय ७५ नगद सहयोग प्राप्त हुनुका साथै ६ लााख बराबरको शैक्षिक अक्षयकोष स्थापना गर्ने घोषणा भएको हो । स्थानिय अगुवा ताराकुमार खड्का र विव्यस सदस्य समेत रहेकी उनकी धर्मपत्नी लक्ष्मी खड्काले नगद १ लाख २१ हजार रुपैयाँ प्रदान गर्दै छिट्टै ५ लाखको अक्षय कोष स्थापना गर्ने घोषणा गरे । यसैगरी स्थानीय अगुवा तक्त बहादुर जिरेलले पनि विद्यालयमा आफन्तजनको नाममा १ लाख बराबरको अक्षय कोष स्थापनाको घोषणा गरेका छन् । सोही अवसरमा जिल्ला समन्वय समिति सदस्य बिदुर शर्मा बाट ५१ हजार र खुस बहादुर बस्नेतको तर्फबाट ३० हजार आर्थिक सहयोग पनि विद्यालयलाई हस्तान्तरण गरिएको छ । बार्षिक उत्सवको बाग्मति प्रदेशका प्रदेश सांसद विशाल खडकाले उद्धघाटन गरेका थिए ।
Be the first to comment on "क्षेत्रावती माविको ३ जनालाई बालवालिकाको अभिभावकत्व ग्रहण"