क्षयरोग दिवस मनाइयो

दीक्षण समाचार /चरिकोट, – सोमबार ६८ औँ राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस मनाइएको छ । अब समयको गति, क्षयरोगबाट नहोस् क्षति भन्ने मुल नाराको साथ क्षयरोग विरुद्ध जनचेतना प्रवाह गर्न उद्देश्यले दिवस मनाइएको हो ।नेपाल क्षयरोग निवारण संस्था विक्रम सम्बत २०१० मा स्थापना भएको हो । सोही दिनको सम्झनामा हरेक बर्ष मंसिर १३ गते राष्ट्रिय क्षयरोग दिवस मनाउने गरिन्छ । यसै अवससरमा दोलखाको सदरमुकाम चरिकोटमा अवस्थित गौरीशंकर बाल गृहलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । नेपाल क्षयरोग निवारण संस्था दोलखाले चामल, दाल, तेल, बिस्कुट लगायतका खाद्यान्न सामग्री वितरण गरेको हो । संस्थाले यस अघि तय गरेको कार्यक्रम अन्तर्गत बालगृहमा खाद्यान्न सामाग्री वितरण गरी अनाथ बालबालिकालाई उत्साहित र खुशी बनाएर दिवस मनाइएको संस्थाका सभापति हर्कबहादुर श्रेष्ठले बताउनुभयो । उक्त अवसरमा नेपाल बाल संगठनका संयोजक रामप्रसाद सापकोटाले खाद्यान्न सहयोग गरेकोमा नेपाल क्षयरोग निवारण संस्थाप्रति खुशी व्यक्त गर्नुभयो । उहाँले शंका लागेका व्यक्तिले बेलैमा क्षयरोगको पहिचान गरी उपचार गर्नुपर्ने सुनाउनुभयो । उहाँले पछिल्ला वर्षमा गृहका लागि सहयोगी हातहरु बढ्दै गएको सुनाउनुहँदै जन्मदिन, विवाह, पितृहरुको पुण्यतिथी लगायत विभिन्न अवसरहरुमा गृहलाई भोजन सेवा, नगद जिन्सी तथा सहयोग गर्ने कार्य बढेको बताउनुभयो । जसले गर्दा गृहलाई राहत हुने गरेको उहाँले सुनाउनुभयो । बाल संगठनद्धारा सञ्चालित सो बाल गृहको भवनहरु जीर्ण बनेको छ । तर यसको मर्मत सम्भार तथा नयाँ भवन निर्माणमा सरोकारवालाले चासो नदिँदा बालबालिका त्रासमा बस्न बाध्य रहेको छन् । बाल गृहमा २९ जना बालकहरु आश्रित रहेका छन् । नेपाल क्षयरोग निवारण संस्था दोलखाका सभापति श्रेष्ठले क्षयरोगको शंका लागेका व्यक्तिले स्वास्थ्य संस्था गई खकार परिक्षण गरी रोग पुष्टि भएमा उपचार गुर्नपर्ने सुझाउनुभयो । उहाँले रोगीले नियमित औषधिउपचार गरेमा क्षयरोग भयानक रोग नहुने सुनाउनुभयो । दोलखामा २०६८ सालमा क्षयरोग निवारण संस्था स्थापना भएको हो । यो संस्थाले क्षयरोग पहिचान गराउनुपर्ने सचेतना प्रवाह गर्नुका साथै क्षयरोगीलाई औषधि उपचारमा समन्वय तथा आवश्यक सहयोग गर्दै आएको सभापति श्रेष्ठले बताउनुभयो । संस्थाले क्षयरोग उन्मुलन गर्ने लक्ष्य राखेर विविध किसिमको कार्य गरिरहेको उहाँले सुनाउनुभयो ।

Shares

Be the first to comment on "क्षयरोग दिवस मनाइयो"

Leave a comment

Your email address will not be published.


*