चरिकोट –नेपाल विद्युत प्राधिकरणको लापरवाहीको कारण ज्यान गएको भन्दै क्षतिपुर्तिको माग गर्दै स्थानीयले अरनिको राजमार्ग अन्तर्गत दोलखाको भिमेश्वर नगरपालिका स्थीत विरुवामा आज सडक अबरुद्ध गरेका छन । बुधवार खेत रोप्न गएकी एक स्थानीय महिला बर्ष ४० कि दुर्गा बुढाथोकीको करेन्ट सट हुँदा ज्यान गएको थियो । खेतबाट पानी लिन घर आउने क्रममा घर नजिक रहेको पोलको सपोटमा रहेको तारमा करेन्ट प्रवाह हुँदा उनको घटना स्थलमा ज्यान गएको थियो । उनको शव हिजोे देखी घटना स्थलमा नै रहेको छ । उक्त घटना नेपाल विद्युत प्राधिकरणको लापरवाहीको कारण भएको स्थानीयले बताएका छन ।
पटक पटक नेपाल विद्यूत प्राधिकरणलाई खबर गर्दा पनि नेपाल विद्युत प्राधिकरणले वास्ता नगरेको स्थानीय वकिल बुढाथोकीले बताए । त्यसैगरी अर्का स्थानीय शंकर बुढाथोकीले पाँच पटक सम्म काठको पोल फेर्न र त्यसमा करेन्ट प्रवाह भएको निवेदन दिदाँसम्म प्राधिकरणले कुनै वास्ता नगरेको गुनासो गरे । विगतमा पनि करेन्ट प्रवाहको कारण कुकुरको ज्यान गएको स्थानीयले बताएका छन । माग पुरा नभएसम्म लास घटना स्थलबाट नउठाउने पनि स्थानीयले बताएका छन ।
Be the first to comment on "क्षतिपुर्तिको माग गर्दै विरुवामा सडक अवरुद्ध"